काठमाडौँ, २२ वैशाख । गोर्खाको भुम्लिचोकमा भएको ट्याक्टर दुर्घटनामा १ जनाको ज्यान गएको छ । गएराती साढे ८ बजे सडक छेउमा रोकीराखेको ना ३ त ७१५४ नम्बरको ट्याक्टर सडक बाट अन्दाजी ५० मिटर तल खस्दा स्थानिय ४० बर्षिय भिम बहादर चेपाङको घटनास्थल मै ज्यान गएको हो ।
वीरगन्ज, २२ फागुन । वीरगन्ज प्रहरीले भन्सार छली भारततर्फ लाँदै गरेको अवस्थामा ५० क्विन्टल अवैध सुपारी मंगलबार बरामद गरेको छ । भिस्वा तथा सबैठवाको बीचमा रहेको सिकटा नदी किनारमा ट््याक्टरमा लोड गरिएको अवस्थामा ५० क्विन्टल सुपारी बरामद गरेको प्रहरीले जनाएको छ ।
महोत्तरी, २१ फागुन । सशस्त्र प्रहरी बेस क्याम्प रामनगर महोत्तरीले जंगलबाट अबैध रुपमा काठ चोरेर ल्याएको बिशेष सुचनाको आधारमा शोमबार महोत्तरीको लक्ष्मिनिया ६ बडेर्बा गाउमा छापामारी सुरु गरेको छ ।
सर्लाही, २१ फागुन । सर्लाहीलाई अवैध हातहतियार मुक्त जिल्ला बनाउने अभियान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले लाईसेन्स नभएका हातहतियार, गोलीगठ्ठा बारुद लगायत घातक हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ ।
चितवन, २० फागुन । चितवनमा चिर्पट प्रहार गरी एक ब्यक्तिीले आफ्नै श्रीमतीको हत्या गरेका छन् । भरतपुर नगरपालीका वडा नम्बर १३ आनन्दचोकमा डेरा गरी बस्दै आएका मोहन विकले श्रीमती माया विकको हत्या गरेका हुन् ।
सर्लाही, १९ फागुन । सडकमा नाङ्गो तरबार लिएर हिडेका आरोपमा प्रहरीले सर्लाहीको लालबन्दीबाट एक युवकलाई पक्राउ गरेको छ । लालबन्दी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक सन्तोष पण्डितका अनुसार सिन्धुलीको कल्पवृक्ष घर भई हाल लालबन्दीमा बस्ने गरेका कुमार मोक्तानलाई तरबार सहित पक्राउ गरिएको हो ।
दमक, १६ फागुन । झापाको सुरुङामा एक व्यवासयीमाथि गोली प्रहार गरी लुटपाट गरिएको छ । मनी ट्रान्सफरको व्यसाय गर्ने सुरुङा– ५ बस्ने ३५ वर्षिय अशोक पोखरेलमाथि गोली हानिएको हो ।
काठमाडौ, २९ असोज । अज्ञात समूहको खुकुरी प्रहारबाट बाग्लुङमा २ प्रहरी घाइते भएका छन् ।
काठमाडौं २ असोज । चार दिनअघि बाँके जिल्लाको फत्तेपुरबाट अपहृत युवकलाई फिरौती बुझाएर मुक्त गराइएको छ ।
काठमाडौं २५, भाद्र । रौतहटमा गएराती जिविस रौतहटका पूर्व सदस्य समेत रहेका टेकनाथ पौडेल अज्ञात समूहको अपहरणमा परेका छन्
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


