June 19 Wednesday, 2013
Site  
कसैले माग्दैमा राजीनामा दिन्नः खनाल
Reported by: N/A

 
काठमाडौं, २९ वैशाख । प्रधानमन्त्री झलनाथ खनालले मुलुक जटिल अवस्थामा रहेको बेला सत्ता परिर्वतनको खेलमा नलाग्न दलहरुलाई आग्रह गर्नु भएको छ । टर्कीको १० दिने भ्रमण छोट्याएर बिहीबार बिहान स्वदेश फर्कनु भएका प्रधानमन्त्री खनालले त्रिभुवन अन्तराष्टिय बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो आग्रह गर्नु भएको हो । प्रधानमन्त्री खनालले मुलुकको जटिल राजनीतिक परिस्थितीमा आफनो आवश्यकता महसुस भएकाले   भ्रमणलाई छोट्याएर फर्केको प्रतिक्रिया दिनु भयो ।
आफु विदेश भ्रमणमा रहेका बेला स्ंवय सत्तारुद दलका नेताहरु नै सरकार परिवर्तनको चल खेलमा लागेको प्रति इगिंत गर्दै उहाँले केहि ब्यक्तिले चाहदैमा आफुले राजीनामा नदिने अठोट ब्यक्त गर्नु भयो । प्रधानमन्त्री खनालले पार्टी भित्र देखिएको समस्याको आफुले आन्तरिक तवर बाट नै ब्यबस्थापन गर्ने बताउनु भयो । शान्ति र सविधानको मुद्दालाई ध्यानमा राखेर प्रमुख दलका शिर्ष नेतादलहरुसँग गम्भीर रुपमा छलफल र परामर्शलाई अगाडि बढाउने भन्दै प्रधानमन्त्री खनालले दलहरुको सहमतीको आधारमा सबिधानसभाको म्याद थप गर्ने समेत बताउनु भयो । दलहरुसँग जारी शान्ति प्रक्रिया, नजिकिदै गएको सविधान जारी गर्ने समय, जेठ १४  पछिको अवस्था, माओबादी लडाकुको समायोजनको मोडालिटि लगायतका बारेमा आफुले  छलफल गर्ने उहाँको भनाई थियो ।
पुर्वनिर्धारित १० दिने भ्रमण छोट्याएर उहाँ बिहान सवा ८ बजे कतार एयरवेजको बिमान बाट स्वदेश फर्कनु भएको हो । प्रधानमनत्री खनालले आफनो भ्रमण सफल रहेको भन्दै अतिकम बिकसित मुलुकका लागी टर्की सम्मेलन निकै उपलब्धिमुलक बनेको समेत बताउनु भयो । टर्की सम्मेलनका क्रममा प्रधानमन्त्री खनालले बिभिन्न देशका राष्टप्रमुख र सरकार प्रमुखहरुसँग भेटबार्ता गर्नु भएको थियो । प्रधानमन्त्री खनालको बाँकी भेटवार्तालाई उहाँ सँगै त्यस तर्फ जानु भएका परराष्ट्रमन्त्री उपेन्द्र यादवले  जारी राख्नु हुने बताइएको छ । प्रधानमन्त्री खनाल अति कम बिकसित राष्ट्रहरुको चौथो सम्मेलनको अध्यक्षता गर्न गत शुक्रबार २१ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै टर्की प्रस्तान गर्नु भएको थियो ।
 
   
News Feedback
Name
Email
Address
Comment
   

Category: Main News
35.   भाँडियो सहमति    (2013-03-08)
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank