-भाष्कर अर्याल
ग्लास्गो । स्कटल्याण्डस्थित नेपालीहरुको क्रियाशील संस्था अर्गनाइजेशन फर नेप्लिज कल्चर एण्ड वेलफेयर(ONCW)को संयोजनमा अगस्ट १ तारिख सोमवार ग्लास्गो शहरमा \\\'प्रथम स्कटल्याण्ड हिमालयन फिल्म फेस्टिबल\\\'को आयोजना गरियो । विदेशमा नेपालको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त फिल्म फेस्टिबलमा ओस्कारमा मनोनित एरिक भ्याली निर्देशित फिल्म \\\'क्याराभान\\\', भूषण दाहालको चर्चित फिल्म \\\'कागबेनी\\\', निएसा नि किएनेन निर्देशित \\\'फेयरी टेल अफ काठमाडौं\\\', मोहनी मैनाली निर्देशित \\\'पुनेको पाइन्ट\\\' र दिपक रौनियार निर्देशित \\\'चौकठ\\\' गरी पाँचवटा फिल्महरु प्रदर्शन गरिएका थिए । फिल्म फेस्टिबलका लागि युनिभर्सिटी अफ ग्लास्गोले थिएटर हल उपलब्ध गराएको थियो । फिल्म फेस्टिबलको अन्य आयोजकहरुमा लण्डन छलफल, ग्लास्गो नेपाली एशोसिएशन र ग्रामनेट -युनिभर्सिटी अफ ग्लास्गो) रहेका थिए ।
कार्यक्रममा उपस्थित दर्शकहरुले नेपालको संस्कृति, सुन्दरता तथा फिल्मको कथावस्तुले आफूहरु प्रभावित भएको प्रतिक्रिया दिए । कार्यक्रममा उपस्थित डा. अर्जा मिडोज -ओबिई)ले नेपाली फिल्म, डकुमेन्ट्रीहरु स्तरीय रहेको जनाउँदै स्कटल्याण्डमा रहेका नेपाली समुदायको प्रयास प्रशंसनीय रहेको बताइन् । यस्तै ग्लास्गो विश्वविद्यालयका लेक्चरर किथ हामोण्डले वृत्तचित्रहरुबाट नेपाली सामाजिक, सांस्कृति परिवेशबारे आफूले जान्न पाएको राय ब्यक्त गर्दै कागबेनीजस्ता स्तरीय फिल्महरुको अझ प्रवर्द्धन गरिनुपर्नेमा जोड दिए । नेपाल भ्रमण गरिसकेकी स्कटल्याण्डकी जेनिश बिन्नीले यस्ता फिल्म फेस्टिबलहरुले नेपालको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने प्रतिक्रिया दिइन् । ग्लास्गो नेपाली एशोसिएशनका अध्यक्ष मोहन कार्कीले विदेशी दर्शकहरुको उल्लेख्य सहभागिताले आगामी कार्यक्रमहरुको लागि राम्रो सन्देश दिएको राय ब्यक्त गरे ।
फिल्म फेस्टिबलमा सहभागिता जनाएका \\\'फेयरी टेल अफ काठमाडौं\\\' का प्रमुख पात्र प्रख्यात आइरिस कवि कायल ओ सर्काइलले पहिलो पटक सार्वजनिक कार्यक्रममार्फत उक्त डकुमेन्ट्रीमा आफूलाई यौन पर्यटकको रुपमा गलत ढंगले प्रस्तुत गरिएको बताए । आइरिस कवि कायलले उक्त डकुमेन्ट्री गलन रुपमा सम्पादन गरिएको र डकुमेन्ट्रीमा संलग्न पात्रहरुलाई पुन जानकारी लिएमा पनि प्रस्ट हुने बताए ।
अर्गनाइजेशन फर नेप्लिज कल्चर एण्ड वेलफेयरका अध्यक्ष दिपेश रेग्मीले \\\'प्रथम स्कटल्याण्ड हिमालयन फिल्म फेस्टिबल\\\' स्कटल्याण्डका अन्य शहरहरु एडिनब्रामा र एबरडिनमा पनि हुने जानकारी दिदै संस्थाले यस्तै कार्यहरु निरन्तर गर्ने योजना रहेको बताउनुभयो । सो संस्थाले यस अघि गायक कुमार कान्छाको उपचार सहयोगार्थ स्कटल्याण्डको तीन शहरमा सांगीतिक कार्यक्रमहरु गरेको थियो भने काठमाडौं अपांग पुनस्र्थापना केन्द्र सहयोगार्थ सांगीति कार्यक्रम, भानु जयन्तीमा अन्तर्राष्ट्रिय कवि गोष्ठी लगायत स्कटल्याण्डमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरुमा सहभागिता जनाउँदै आइरहेको छ ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


