May 23 Thursday, 2013
Site  
नेपाली सङ्गीतको एक शतक
Reported by: N/A

प्रकाश सायमी
यता हे¥यो यतै मेरा नजरमा राम प्यारा छन्
उता हे¥यो उतै मेरा नजरमा राम प्यारा छन्

गायक÷सङ्गीतकार सेतुराम श्रेष्ठले गाएको मोतीराम भट्टको गजल शैलीको यो गीतबाट नेपाली सङ्गीतको रेकर्डिङ परम्परा सुरु भएको हो । १९६५ सालमा भारतको कलकत्तामा ‘ग्रामोफोन कम्पनी अफ इन्डिया’मा रेकर्डबद्ध यसै गीतसँगै आरम्भ भएको नेपाली (सुगम÷आधुनिक) सङ्गीतले २०६५ सालमा सय वर्र्ष पूरा ग¥यो । कलासाहित्यका अनुसन्धाता प्रकाश सायमीको नेपाली सङ्गीतको एक शतक पुस्तकमा सञ्चार तथा प्रविधिको विकास, त्यसमा स्रष्टाहरूको भूमिका, विदेशी प्रभाव तथा राजनीतिक व्यवस्था परिवर्तन आदिका आधारमा एक शतक लामो नेपाली सङ्गीतको विकासक्रमको चर्चा गरिएको छ ।
पुस्तकमा समेटिएका सामग्रीहरूलाई पूर्व प्रकाशित र नयाँ गरी मुख्यतः दुई भागमा बाँडेर हेर्न सकिन्छ । नयाँ लेखहरू भएको खण्डमा ‘नेपाली सङ्गीतको एक शतक’ शीर्षकअन्तर्गत १९ ओटा उपशीर्षकहरू रहेका छन् । यस्तै, सायमीकै सङ्गीतसम्बन्धी अघिल्लो पुस्तक नेपाली सङ्गीतको स्वर्णिम युग (सायमी २०५८) का सातओटा लेख र उक्त पुस्तकसम्बन्धी केही प्रतिक्रिया पनि समेटिएको छ । उनकै अर्को पुस्तक संस्करण (सायमी २०६०) मा छापिएका दुईओटा र अन्यत्र पत्रपत्रिकामा छापिएका केही लेख पनि समाविष्ट छन् । पुस्तकमा प्रकाशित धेरैजसो लेखहरूले विभिन्न दशकको सङ्गीतको प्रतिनिधित्व गर्दछन् । ‘स्रोतव्य (श्रोतव्य ?) माध्यमको विकास’ र ‘त्यसपछिको गायन’ उपशीर्षकमा रेडियो नेपाल स्थापना हुनुभन्दा अघि नै गीत रेकर्ड गराउने कलाकारहरूका व्यक्तिगत विवरणदेखि साङ्गीतिक प्रवृत्तिसम्मका प्रसङ्गहरूबारे चर्चा गरिएको छ । सायमीका अनुसार उपत्यकाका केही सम्भ्रान्त वर्ग तथा राणाहरूमा सीमित नेपाली सङ्गीतको आधारभूमि फराकिलो पार्न २००७ को आसपासमा सेतुराम, मेलवादेवी, उस्ताद साइला, मित्रसेन, मास्टर रत्नदास प्रकाशले प्रमुख भूमिका खेले । साथै, यस अवधिका गीतहरू नैतिक उपदेश, स्तुतिगान, समाजसुधारजस्ता विषयमा बढी केन्द्रित थिए ।
पुस्तकमा ‘२००७ पछिको राजनीतिक संस्कार’, ‘२००७ पछि उदाएका सङ्गीतका अनुसेवीहरू’ उपशीर्षकमा रेडियो नेपालको स्थापनाले नेपाली सङ्गीतको विकासमा पारेको प्रभाव र त्यसक्रममा उदाएका कलाकारहरूबारे जानकारी समेटिएको छ । ग्रामोफोन रेकर्ड किन्न नसकी सङ्गीतको पहुँचबाट टाढा रहेका नेपालीहरू रेडियो नेपालको स्थापनापश्चात् नेपाली सङ्गीतसँग जोडिए; नातिकाजी, बच्चु कैलाश, धर्मराज थापा, पुष्प नेपाली, कोइली देवीजस्ता गायकगायिका लोकप्रिय बने । २०१७ सालसम्मको आधुनिक सङ्गीतमा हिन्दी सङ्गीतको दबदबा कायम रहेको भन्दै लेखक भन्छन्, “प्रायः कलाकारले रेडियोको प्रत्यक्ष प्रसारणमा माइक्रोफोनमा गाउँदा हिन्दीभाषी गीत नै गाउने परम्परा थियो” (पृ. १२) ।
बीस र तीसको दशक (मुख्यतः २०१७ देखि २०३७ साल) मा नेपाली सङ्गीत फाँटमा प्रतिभाशाली सर्जक उदाउनु, प्राविधिक विकास हुनु, दार्जिलिङको गीत–सङ्गीत नेपाली मूलप्रवाहमा समाहित हुनुले नेपाली सङ्गीतको आयाम व्यापक र अर्थपूर्ण बनेको ठहर सायमीको छ । लेखकले यस कालखण्डलाई ‘स्वर्णिम युग’ भनेका छन् । ‘स्वर्णिम युगका गीति–घटकहरू’, ‘बीसको दशकपछिको नेपाली सङ्गीत’, ‘तीसको दशकका गीति–घटकहरू’ आदि उपशीर्षकहरूमा यसबारे प्रशस्त चर्चा पाइन्छ । लेखकका अनुसार, बीसको दशक प्राविधिक हिसाबले उपलब्धिपूर्ण रह्यो—२०१८ सालमा रत्न रेकर्डिङ ट्रष्ट (२०२४ सालमा रत्न रेकर्डिङ संस्थान) को स्थापना भयो; ७८ आरपिएमको रेकर्डको सट्टा लङ्ग प्लेइङ्ग डिस्कको प्रयोग सुरु भयो । र, २०२२ सालमा स्पूल रेकर्डिङ्ग (क्वार्टर इन्च टेप) नेपालमै सम्भव भएपछि प्रत्यक्ष गाउनुपर्ने स्थितिको समेत अन्त्य भयो । यस्तै, जातीयता र सांस्कृतिक इतिहास गाँसिएको नेपाल र दार्जिलिङको भूगोलमा बन्धित छवि तथा सङ्कल्पनालाई सङ्गीतका माध्यमबाट पुनस्र्थापित गर्ने काम यही समयमा भयो । यसमा अगमसिंह गिरीको शब्दमा अम्बर गुरुङले गाएको ‘नौ लाख तारा उदाए’ र ‘म अम्बर हुँ तिमी धर्ती’ ले ठूलो भूमिका खेले । लेखकको भनाइमा “वैरागी काइलाको शब्दलाई अम्बर गुरुङले दार्जिलिङको कमान–कमानमा पु¥याए भने नारायण गोपालले गोपाल योञ्जनको प्रवासीय पीडा नेपालको चुल्हो चौकामा बोकेर ल्याए” (पृ. २१) । नारायण गोपाल र गोपाल योञ्जनको मितेरी सङ्गीतले यसलाई अझ विस्तार ग¥यो । अम्बर गुरुङसँगै उनका शिष्यहरू शरण प्रधान, अरुणा लामा, कर्म योञ्जनहरू नेपाल प्रवेश गरेपछिको कालखण्डलाई नेपाली सङ्गीत उत्कर्षमा पुगेको समय मानेका छन् । तथापि, राजा महेन्द्रको आग्रहमा नेपाल छिरेका अम्बर गुरुङलगायत प्रवासका स्रष्टाहरू नेपाल आउनुमा राज्यको तत्कालीन नीतिले केकस्तोे भूमिका खेलेको हुन सक्छ भन्ने जिज्ञासाको जवाफ भने पाइँदैन ।
तीसको दशकको उत्तराद्र्ध र चालीसको पूर्वाद्र्धमा नेपाली गीतिक्यासेट उत्पादन सस्तो भई सङ्गीत सुन्ने संस्कृतिमा वृद्धि भएको, मुनामदन, मालती मङ्गलेजस्ता चर्चित गीतिनाटकको मञ्चन र चलचित्रका गीतको विकासले सङ्गीतको गुणात्मक वृद्धिमा सघाएको लेखकको तर्क छ । २०४६ सालको राजनीतिक परिवर्तनले ल्याएको अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दै प्राविधिक पक्ष तथा लेखनमा नौलो धार देखिनु तथा एफएमको विकास हुनु आदि प्रसङ्गमा नयाँ पुस्ताको प्रवेशले ल्याएको नयाँ शैली तथा नवीन प्रयोगहरूप्रति लेखक सकारात्मक देखिन्छन् ।
सुगम सङ्गीतका हस्तीद्वय अम्बर गुरुङ र गोपाल योञ्जनबीच अप्रियता बढ्नु, गोपाल योञ्जन परिवारलाई भक्तराजमाथि भौतिक आक्रमणको आरोप लगाइनु, आदिले समग्र नेपाली सङ्गीत क्षेत्रमा नकारात्मक प्रभाव पा¥यो । तसर्थ लेखकले पचासको दशकलाई सङ्गीतको चुनौती तथा सङ्क्रमण काल भनेका छन् । तर, यही समयमा सङ्गीत संरचना र संयोजनमा ठूलो उपलब्धि प्राप्तिका कारण सङ्गीतले फड्को मारेको पनि भनिएकाले यी प्रसङ्ग एकापसमा नमिल्दा जस्ता लाग्छन् । एफएम रेडियोको स्थापनासँगै स्वर परीक्षा नगरी गीत गाउन पाउने अवसरको सिर्जना भयो । यसको सदुपयोग गर्दै नेपाली सङ्गीतमा विविध विधाले फस्टाउने मौका पाएको लेखक स्वीकार गर्छन् । तर, सङ्ख्यात्मक फड्को सँगसँगै सङ्गीतमा अशुद्धिपन, विकृति र अपरिष्कृत स्वर भित्रिएको भन्दै लेखक नयाँ पुस्ताका साङ्गीतिक सिर्जनाहरूलाई आलोचना पनि गर्छन् ।
सङ्गीत विकासको क्रममा भित्रिएका कतिपय नराम्रा प्रवृत्तिलाई उल्लेख गर्ने क्रममा लेखक भन्छन्, निजी टेलिभिजनहरूले गीतलाई पर्दामा प्रस्तुत गर्ने कार्य गरे । तर “गायक सङ्गीतकारबाट नै पारिश्रमिक लिएर छायाङ्कन गर्ने गलत परम्पराले…प्रश्रय पायो, नेपालको कुलीन वर्गका सन्तान मात्र गायक हुने कुदिन सुरु भयो” (पृ. १०४) । यस्तै, शासनव्यवस्थाको नजिक भएका व्यक्तिहरू नै गीतकार हुनु, उनीहरू नै रेडियोमा हाबी हुनुजस्ता प्रवृत्तिलाई पुस्तकमा औँल्याइएको छ ।
म्युजिक नेपाल लगायतका क्यासेट कम्पनीहरूले पुराना सर्जकका गीतलाई संरक्षण गर्नु, नारायणगोपालका सिर्जनाहरूको संरक्षण गर्ने उद्देश्यले नारायणगोपाल सङ्गीत कोषको स्थापना हुनु, शुभारम्भ द म्युजिकल जर्नी, नेपालय आदिबाट पुराना स्रष्टाका गीत–सङ्गीत संरक्षणका लागि पहल हुनुले लेखकले साठीको दशकलाई कालजयी गीत–सङ्गीतको संरक्षणको समय भनेका छन् । तर, यसै समयमा पुराना गीत रिमिक्स भएकाले तिनको मौलिक स्वरूप नासिएको पनि भनिएको छ । आधुनिक सङ्गीतको आधारमा मात्र निकालिएका यस्ता निष्कर्ष आपसमा बाझिएका छन् ।
२०१२ सालमा यज्ञप्रसाद शर्माको पहलमा नेपालमा सङ्गीत महाविद्यालय स्थापना भएको थियो । २०४० सालपछि निजी स्तरमा धेरै सङ्गीत विद्यालयहरू स्थापना भएका छन् । त्यस्ता विद्यालयका विद्यार्थीहरूले नै नेपाली तारा, रेडियो नेपालका गायन प्रतियोगिताजस्ता अन्य विभिन्न प्रतियोगितामा राम्रो स्थान ओगटेको देखिन्छ । पुस्तकमा सङ्गीतसम्बद्ध केही संस्थाहरूको विवरण भए पनि सरकारी तथा निजी थुप्रै संस्थागत प्रयासहरू र भारतमुखी नेपाली सङ्गीत शिक्षा पद्धतिको पाटोलाई छोइएको छैन ।
पुस्तकमा जनवादी तथा प्रगतिशील फाँटका कलाकारहरूबारे पनि चर्चा गरिएको छ । जस्तै, ‘‘… रेडियो नेपालसँग पारिश्रमिकको शोषणमा द्वन्द्व सुरु भएपछि २०२३ सालतिर ‘राल्फा’ नामक साङ्गीतिक समूह गठन भयो (पृ. ३३) ।’’ उनको विचारमा यो पञ्चायतकालीन रेडियो नेपालको बुर्जुवा संस्कृतिको विरोधमा सुरु भएको साङ्गीतिक अभियान थियो । राल्फा समूहका एक कलाकार रामेश श्रेष्ठका अनुसार नेपालमा कम्युनिस्ट विचारधारा पैmलाउन जनवादी कलाकारहरूले उर्वर आधारभूमि निर्माण गरेका थिए (श्रेष्ठ २०६७) । २०५१ सालमा नेकपा
(एमाले) को सरकार बनेपछि रेडियो नेपाल तथा नेपाल टेलिभिजनले यस्ता जनवादी गीतको प्रसारण सुरु ग¥यो । नेपाल टेलिभिजनबाट प्रसारित ‘नौलो आवाज’ कार्यक्रम यस्तो कार्यक्रमको एक उदाहरण हो । प्राविधिक तथा गायकीको हिसाबले जनवादी÷प्रगतिशील गीतहरू मायाप्रेमका गीत जति स्तरीय छैनन् । जनवादी कलाकारहरू उचित लगानी र प्रेरणाको कमीलाई यसको मुख्य कारण मान्छन् । यद्यपि यस्ता गीतका श्रोताहरूको जमात अत्यन्त ठूलो छ । तर पनि सञ्चार माध्यमहरूले यस्ता गीतलाई प्रसारण नगर्नुको कारणतर्पm सायमी मौन देखिन्छन् ।
पुस्तकको संरचनागत र सम्पादन पक्ष कमजोर छ । कालक्रम विभाजन र शीर्षक छनोट अप्रासङ्गिक लाग्छ । लेखकीयमा पुस्तकको क्षेत्र र सीमाबारे पनि प्रस्ट पारिएको छैन । यसअघि आफ्नै पुस्तक नेपाली सङ्गीतको स्वर्णिम युग मा प्रकाशित लेख अन्तर्वार्ताहरू पुनःप्रकाशन गर्नुको औचित्य लेखकले स्पष्ट पारेका छैनन् । उनले सङ्गीतसम्बन्धी थुप्रै लेख लेखेका छन् । तर, यस पुस्तकमा किन यी लेख मात्र समेटिए भन्ने उल्लेख गरिएकोे छैन । अघिल्लो पुस्तक विमोचनसँग सम्बन्धित पत्रपत्रिकामा प्रकाशित टिप्पणीदेखि आफ्नै अन्तर्वार्तासम्म समेटिएको प्रतिक्रिया खण्डमा रहेका सामग्रीहरू जानकारीमूलक त छन् तर उनको अर्को पुस्तक नेपाली सङ्गीतको स्वर्णिम युग नपढेका पाठकलाई सन्दर्भ बुझ्न गाह्रो पर्छ । वास्तवमा यी सामग्रीहरू नेपाली सङ्गीतको स्वर्णिम युग पुस्तकको अर्को संस्करणका लागि बढी उपयुक्त हुन सक्थे । लेखकले स्थापित गर्न खोजेको ‘स्वर्णिम युग’ का बारेमा समेटिएका लेखहरूका कारण फरकफरक शीर्षकमा उस्तै प्रसङ्गहरूको पुनरावृत्ति भएको छ । भाषिक त्रुटिहरू धेरै छन् । केही ठाउँमा गीतकै बोल पनि गल्ती छन् । उदाहरणका रूपमा राजु सिंहद्वारा सङ्गीतबद्ध गीत “कति राम्रो अलिअलि ढल्किएको” हुनुपर्नेमा “कति राम्रो माछापुच्छ्रे अलिअलि ढल्किएको” लेखिएको छ (पृ. ७८) ।
लेखक चलचित्रकर्मी पनि भएकाले ‘नेपाली सिनेमामयी सङ्गीत’ शीर्षकको लेखमा चलचित्र–सङ्गीतबारे केही फरक विश्लेषण पढ्न पाइने पाठकहरूको आशालाई यसले निराश बनाउँछ । प्रारम्भिक चरणमा नेपाली सङ्गीतको विकासको जग हाल्न योगदान दिएका कलाकारहरूप्रति लेखक अनुगृहीत हुनु स्वाभाविक छ । तर, बढाइचढाइ गरिएको भाषाशैली र तथ्यगत स्रोत–सन्दर्भको अभावका कारण केही प्रसङ्गहरू अपुष्ट र अतिशयोक्तिजस्ता लाग्छन् । जस्तै, प्रथम नेपाली महिला गायिका मेलवादेवीको सन्दर्भमा उनी लेख्छन् ‘‘भारतको इलाहाबाद सङ्गीत सम्मेलनमा ठुमरी गाएर ‘ठुमरीकी रानी’ भन्ने पदवी पाएकी मेलवादेवीको पहिलो अल्बम त्यतिबेला पाँचहजार प्रति बिक्री भएको ऐतिहासिक प्रमाण पाइन्छ’ (पृ. ५) । तर, यसलाई प्रमाणित गरिएको भने छैन ।ज्ञ
आधुनिक, सुगम, अत्याधुनिक र पपजस्ता शब्दावलीको प्रयोगमा एकरूपता छैन; तिनलाई स्पष्ट रूपमा कतै परिभाषित गरिएको पनि छैन । लोक, शास्त्रीय तथा बालगीतहरूको पाटोलाई छोइएको छैन । सङ्गीतसम्बन्धी थुप्रै विषयवस्तुलाई छुने प्रयास गरिए पनि सङ्गीतको इतिहासबारे विश्लेषणभन्दा विवरण बढी आएको छ । आपूm निकटका प्रिय कलाकारहरूको सन्दर्भमा थाहा भएका सम्पूर्ण वृत्तान्त पोख्ने मोहले लेखन कतिपय ठाउँमा व्यक्तिकेन्द्रित बनेको छ । पुस्तक अनुसन्धानमुखीभन्दा पनि भावुक शैलीको ऐतिहासिक सङ्ग्रह बनेको छ ।
आधुनिक सङ्गीतसम्बन्धी थोरै मात्र पुस्तक प्रकाशित छन् । त्यसमा पनि धेरैजसो पुस्तकहरू व्यक्तिकेन्द्रित, संस्मरणात्मक तथा जीवनीपरक छन् । यस हिसाबले यस पुस्तकको दायरा अलि फराकिलो छ । गायक, सङ्गीतकार, गीतकार तथा संयोजकको भूमिकालाई महŒव दिइएको छ । कुन स्रष्टासँग, कुन समयमा कसले काम ग¥यो, कुन गीत चर्चित भयो जस्ता जानकारीहरू धेरै छन्् । सङ्गीतमा लागेका धेरै कलाकारहरूको चर्चा गर्ने क्रममा एउटा मात्रै गीत रेकर्ड गराउने तथा भर्खरै सङ्गीतमा लागेका कतिपय कलाकारहरूको नाम समेत समेटिएको छ । नेपालभित्र र प्रवासका थुप्रै स्रष्टाहरूको नाम, गीतको बोल, रेकर्ड भएको तिथिमितिबारेको शोधीखोजी र पहुँच प्रशंसनीय छ । आधुनिक÷सुगम तथा पपसङ्गीतसँग जोडिएका थुप्रै रोचक पक्षलाई कोट्याइएको यस पुस्तकले सङ्गीतमा गहिरो अध्ययन गर्न चाहनेका लागि प्रशस्तै खुराक दिएको छ । कलाकारहरूलाई खासै महŒव नदिने हाम्रो समाजमा ओझेलमा परेका थुप्रै सङ्गीतकर्मीहरूलाई पुस्तकले पुनःस्मरण गराउँछ । नेपाली सङ्गीतबारे खासै खोजीनिती नभएको परिप्रेक्ष्यमा यो पुस्तक नेपाली सङ्गीतको विवरणात्मक इतिहास लेखनको महŒवपूर्ण प्राप्ति भने अवश्य हो ।

पुस्तक ः नेपाली सङ्गीतको एक शतक
लेखक ः प्रकाश सायमी
प्रकाशक ः भावक अभियान
पृष्ठ ः १७६
प्रकाशन मिति ः २०६६

 

सन्दर्भसामग्री
प्रसाई, नरेन्द्रराज । २०५९ । नेपाली सङ्गीतका शिखर । काठमाडौँ ः एकता प्रकाशन ।
श्रेष्ठ, रामेश । २०६७ । दिदी पारिजात । मूल्याङ्कन १८७ ः ४८–४९ ।
सायमी, प्रकाश । २०५८ । नेपाली सङ्गीतको स्वर्णिम युग । काठमाडौँ ः भावक अभियान ।
सायमी, प्रकाश । २०६० । संस्करण । काठमाडौँ ः भावक अभियान ।

   
News Feedback
Name
Email
Address
Comment
   

Category: Literature
5.   अतित    (2011-09-07)
6.   गीत    (2011-08-23)
9.   जिन्दगी    (2011-07-05)
11.   गीत    (2011-06-09)
12.   तिम्रो आगमन    (2011-04-05)
13.   प्रेम-सागरमा    (2011-03-20)
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank