May 25 Saturday, 2013
Site  
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
Reported by: N/A

जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए । कुरा नचपाएर भन्ने हो भने सर्वप्रथम हङकङेली नेपाली र तिनका मुद्दालाई विश्वव्यापीकरण गर्ने श्रेय डम्बरकृष्णलाई दिनुपर्ने हुन्छ । त्यसो त उनले लेख्नुअघि हङकङका कथाव्यथा शब्दचित्रमा नउधिनिएका होइनन् तर हङकङका स्थानीय सञ्चारकर्मीको त्यस्तो प्रयास यहींको चारदिवारीमा कैद थियो ।

चाहे त्यो यहाँको जातीय विविधता र तिनका सांस्कृतिक धरोहरका कुरा हुन् या घरेलु कामदार र गैरकानुनी रूपमा बसिरहेका नेपाली या लागुऔषधको कुलतले थलिएका युवाहरूका दुःख व्यथा सबै उनले आफ्नो लेखनीमार्फत् समेटिसकेका छन् । त्यस्ता लेखनीले यहाँको समाजले अपेक्षित लाभसमेत हासिल गरिसकेको छ । उनले देखाइदिएका मार्गमा हिड्नेहरू आज डम्बरकृष्णप्रति कृतज्ञ पनि होलान् । त्यस हिसाबले उनले हङकङलाई ठूलो गुण लगाइदिएका हुन् । तर त्यसरी निस्वार्थ काम गर्ने गुणकारी सञ्चारकर्मीलाई यस पटक हङकङका नेपालीहरूले बैगुनले स्वागत गरेका छन् ।

३ वर्षअघि हङकङ छिर्दा उनी एउटा उत्साह बोकेर आएका थिए । सदा यहाँको नेपाली जनजीवनलाई शब्दचित्र र स्टिलचित्रमा उतार्दै आइरहेका उनले त्यसबखत नेपालीपनलाई चलचित्रमा उतार्ने योजना बुनेर आएका थिए । १ महिनाको बसाइमा एउटा पत्रकारले आफ्ना सम्बन्ध र सहयोगीको साथ लिई जेजे गर्न सक्छ, इमान्दारिताका साथ उनले त्यो प्रयास गरे र करिब ३० घण्टा लामो भिडियो खिची स्वदेश फर्किए । त्यसलाई एउटा स्टोरीको स्वरूपमा ढाल्नु पहिलोपटक ‘डिजिटल स्टोरी टेलिङ’ मा प्रवेश गरेका श्रेष्ठका लागि सहज थिएन । त्यसैले हुनुपर्छ, उनलाई फिल्माङ्कन गरिएका दृश्यहरूको सम्पादन र संयोजन गर्नै २ वर्ष लाग्यो । सन २००८ को डिसेम्बर– जनवरी (१ महिनाको) कथालाई प्याकेज गरी सन् २०११ को अक्टोवरमा उत्साहका साथ उनी चौथो पटक हङकङ छिरे । यहाँका नेपालीका कथाव्यथा उनीहरूलाई नै देखाउन पाउँदाको जतिको खुसी अरु के नै हुन सक्ला र भन्ने स्वाभाविक उमङ्ग उनमा थियो । त्यसैले जोर्डनमा उनले एकैदिन दुई सो आयोजन गरेका थिए । तर हङकङको समाज अध्ययन गर्न खोजिरहेका उनले त्यतिबेला मात्र बुझे, वास्तवमा उनले यहाँको नेपाली समाजको वास्तविक मुहार त चिनेकै रहेनछन् । तिनका मानसिकता बुझ्न उनलाई अझै धेरै समय लाग्ने रहेछ । उनले यहाँको समाजको चेपारे अनुहार मात्र देखेका रहेछन्, बुझेका रहेछन् । यो प्रकरणले उनलाई ठूलो तन्द्राबाट जगाएको हुनुपर्छ । त्यो समय उनको जीवनकै दुखदायी घडी हुनुपर्छ ।

सुरुमा जुन उत्साह र उमङ्गले उनले आफ्नो सिर्जना यहाँका समूदायबीच पस्कन खोजे त्यो उत्साह वृत्तचित्र प्रदर्शनीपछि उनको मुहारमा भेट्न सकिएन । उनले स्वंय पसल पसल पुगी सो हेर्न आग्रह गर्दा उनलाई अनेकन ‘बात’ लगाइयो । दुईटा कुरा सुनाएर हतोत्साहित बनाउने प्रयास गरियो । कसैले ऐ  तिम्रो सिनेमामा त राई, लिम्बु र पूर्वको मात्र कहानी छ रे उनीहरूको चुरीफुरी हेर्न हामी पश्चिमका  किन जाने ? भने । केहिले एकराज राईको आसेपासेको रामकहानी मात्र बुनेका छौ रे त्यस्तो पनि वृत्तचित्र हुन्छ र ? भन्ने आरोप लगाए । केहीले चाहिं हङकङको बारेमा यहींकै स्थानीय हिम थापाले बनाइरहेको बृहत् बृत्तचित्रलाई फ्लप बनाउन रातारात षड्यन्त्र बुनेर कसैको उक्साहटमा यसो गरिएको बताए । डम्बरको भनाइमा उक्त वृत्तचित्रका हर्ताकर्ता स्वंय हिम थापाले उनलाई फोन गरेरै त्यस्तो आरोप लगाएका थिए । यो कुरा आइतवार युङलुङ टाउनहलमा उनले सार्वजनिक रुपमै बताएर आफ्नो दुख सबैसंग बाँडे । अनेकन स्वरुपमा विभाजित हङ्कङेली समाजले  उनलाई दिएको यो पीडा सामान्य छैन । तर पीडकहरूको विशेषता नै के हो भने उनीहरू अरुलाई पीडा दिन्छन् र त्यसको भरमग्दुर स्वाद लिएर इन्ज्वाय गर्दछन् । मलाई लाग्छ, डम्बर यहाँको समाजको त्यही परपीडक चारित्रिक विशेषताको जाँतोमा पिसिएका छन् ।

हङकङमा बसेर नेपालीका निम्ति सर्वस्व लगानी गरेको फुई लगाएर नथाक्ने यहाँका बगाले च्याउसरी उम्रिएका नेताहरूको व्यवहार त उदेक लाग्दो थियो । ती महाशयहरू बृत्तचित्रमा आफ्नो अनुहार नदेखिएको, आफ्नो बैरीलाई हाइलाइट गरिएको, आफ्नो संस्थाको बारेमा केही नबोलिदिएको भन्दै सो हेर्न नै आइदिएनन् भन्ने आयोजकको भनाइ छ । धेरैले धेरै थोक बहाना बनाए । तर अभीष्ट एउटै थियो– सो असफल तुल्याईदिने । रातारात सक्रिय मोबाइलका घण्टीहरूले एकजना पत्रकारको इमान्दार प्रयासमाथि कालो पोत्ने प्रयास गरियो र केही हदसम्म तिनका दुष्प्रयासले काम पनि ग¥यो । करिब २ सय संस्था रहेका र ती संस्थाका नेताले नहेरी नहुने यो बृत्तचित्र हेर्न उनीहरू (फाट्टफुट्ट वाहेक) नै आइदिएनन् । तर तिनले  फिल्म हेर्न आउने मान्छे रोकेर र आफुहरू स्वंय नआएर आर्जन भन्दा बढी गुमाएका छन् भन्ने कुरा विर्सन पुगे । राम्रो कुरा दु्स्मनबाट पनि सिक्नुपर्छ भन्ने कुरा धेरै भुईंफुट्टाहरूलाई सम्झाउन पनि सकिंदैन । त्यो डम्बरकृष्णको लागि हैन यो खाल्डोमा हराइरहेकाहरूलाई सबैभन्दा ठूलो गुरुमन्त्र हुन सक्थ्यो तर तिनलाई यस्ता राम्रा कुराले छुदैं छुएन । उनले यो बृत्तचित्र यहाँका नेपालीका निम्ति भन्दा पनि बाहिर बस्ने नेपालीलाई यहाँको वस्तुस्थिति बुझाउन बनाएको हो । यहाँकोले हेर्नु र नहेर्नुसंग उनको त्यति ठूलो सरोकार पनि छैन । तर उनी यहाँको समाज र स्थानीय नेतासंग आफुले बनाएको कथामाथि विमर्श गर्न चाहन्थे । कमी कमजोरीमाथि छलफल र सुझावको अपेक्षा गरेका थिए । त्यसैले उनी नेताहरूलाई बिना टिकट आईदिन अनुरोध गर्दै हिडेंका पनि थिए । तर जो आफु स्वंय नाङ्गो छ, त्यस्ताबाट के अपेक्षा गर्न सकिन्छ भन्ने महत्वपूर्ण कुरा डम्बरले सोपछि मात्र बुझ्न सके । वास्तवमा उनले यो वृत्तचित्रमा हङकङको दुर्वल र नकारात्मक पक्षभन्दा सकारात्मक र सवल पक्षको बढी चित्रण गरेका छन् । मैले गर्ने पत्रकारिताको ठीक उल्टो सकभर कोही रुष्ट नहोऊन् भन्ने उनको सकारात्मक सोचबाट उब्जने सकारात्मक समाचार उनको विशेषता हो । यस वृत्तचित्रमा त्यो प्रखर रुपमा झल्किएको छ । यदि मैले हङकङको नेपालीका बारेमा यस्तै बृत्तचित्र बनाएको भए यहाँ भएका कथित नेताहरूका बदमासी छरपस्ट हुन सक्थे । तिनका कर्तुत उत्खनन गरी तिनको कुरुप अनुहारको ऐना देखाइदिन्थें । तर उनको सकारात्मक सोचकै कारण बृत्तचित्र मैले गर्ने पत्रकारिताको ठिक उल्टो हुन पुगेको छ भनेको हुँ । बरिष्ठ पत्रकार कुन्द दीक्षितबाट प्राप्त गरेको डम्बरकृष्णको विशेषता हो, यो । म सहमत नभए तापनि यस्तो पत्रकारिताले सकारात्मक रोल खेलिरहेको मान्नेहरू धेरै छन् ।

हङकङमा नेपालीहरुको गुण अवगुण गणना गर्न थाल्ने हो भने सकारात्मक भन्दा बढी नकारात्मकताको थुप्रोको भारीले थिचेको छ । तर पनि (उनले बृत्तचित्रलाई हङकङ चियाउने आँखीझ्याल भनेका छन्) यो बृत्तचित्र हेर्नेले हङकङका नेपालीको सकारात्मक चित्र नै बढी देख्न पाउँछ । दुईटा प्रसंगमा उल्लेख भए तापनि यहाँको नकारात्मकता मान्छेले भेऊ पाउन नसक्ने गरी उल्लेख भएका छन् । यसरी हेर्दा यो बृत्तचित्र बाहिरकाले हेर्दा सकारात्मक सन्देश जाने र हङकङको कुरुप अनुहारमाथि रङ्ग पोतिएको टिलिक्क टल्किएको आवरण भएकोले यसले यहाँका विभाजित समाज र त्यसका नेताहरूलाई अप्रत्यक्ष रुपमा झन बढी हिरो बनाउने काम गरेको छ । बिनसित्ति आफैंलाई त्यसरी प्रचार गर्ने बृत्तचित्र हेर्न नआउने र जान हतोत्साहित बनाउने हङकङका नेपाली नेताहरूको कुण्ठाको स्तर नाप्नै गाह््रो छ । एउटा नेपाली सञ्चारकर्मीले नेपालीको मुद्दा सकारात्मक रुपमा उठाउँदा असहयोग गर्ने कुण्ठा बोकेको जमातले कसरी नेपाली समाजलाई एकसूत्रमा डो¥याउने प्रयास गर्ला भन्ने प्रश्न बडो जटिल छ । यो उनीहरुले गुमाएको सबभन्दा ठूलो अवसर हो ।

हो, धेरैले उठाए जस्तो यसमा सबै समेटिएनन् होलान् । पूर्व, पश्चिम, उत्तर, दक्षिण, जाति, जनजाति, दलीय, लैङ्गिक सन्तुलन तलमाथि प¥यो होला तर मूल कुरा त्यो होइन मूल कुरा त सत्प्रयास हो । साँच्चै भन्ने हो भने यसमा उनले सन्तुलन मिलाउन र सबैलाई खुसी पार्न बरु भरमग्दुर प्रयास गरेका छन् । त्यसैले बृत्तचित्र एउटै विषयमा मात्र फोकस छैन । धेरै विषयमा केन्द्रित भएकाले सूचनामूलक हुन पुगेको छ, यात्रा गाईडबुक जस्तो । यसमा प्रतिनिधिमूलक रुपमा सबैको कथा समेट्न खोजिएको छ । त्यसरी पात्र र विषयवस्तुमाथि न्याय त हुदैन तर हङ्कङेली समाजले अपनत्व महसुस गरोस् भनी यत्रो ‘रिस्क’ उठाउन उनी तत्पर देखिन्छन् ।

उनले नकारात्मक समाचारलाई महत्व नदिनुका कारण पनि त्यो हुन सक्छ । तर यसका वावजुद उनले पाउनुपर्ने जति हङकङका नेपालीको ‘रेस्पोन्स’ पाउन सकेनन् । यो बृत्तचित्र हेरेपछि मलाई सबैभन्दा बढी महसुस भएको के हो भने यदि भोलि हङकङको बारेमा सकारात्मक समाचार पस्केबापत कोही पुरस्कृत हुने हैसियत राख्दछ भने त्यो डम्बरकृष्ण नै हुनेछन् । कसैले माने पनि नमाने पनि वास्तवमा यो बृत्तचित्रपछि हङ्कङेली नेपाली समाजको सदभावनादूत बन्ने लायक भएका छन्– डम्बर । यो उनको सफलता हो । यसपटक यहाँबाट नपाए पनि अरु ठाउँबाट उनले मनग्गे प्रशंसा र सहयोग बटुल्नेछन्, यस्तो ठोकेर भन्न सकिन्छ । त्यतिबेला उनी मात्र होइन हङ्कङेली समाजको हाँसेको अनुहार पनि विश्वभर फैलन्छ र सकारात्मक सन्देश प्रवाह हुनेछ । तर उनले भित्रभित्र कुहिएको हङ्कङेली नेपाली अनुहारमाथि रंग पोतेर  बाहिर  हाँसेको  अनुहार विश्वलाई प्रस्तुत गर्न खोजे पनि आखिर यहाँको कुण्ठित समाजले सबैभन्दा पहिला त उनकै शिकार ग¥यो ... !

एभरेष्ट साप्ताहिक, ९ नोवेम्बर २०११ बाट

   
News Feedback
Name
Email
Address
Comment
   

Category: Article
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank