June 19 Wednesday, 2013
Site  
म्यानपावर दर्ताका लागि नयाँ मापदण्ड
Reported by: N/A

काठमाडौं, १९ चैत्र ।
वैदेशिक रोजगार विभागले नयाँ म्यानपावर कम्पनी दर्ताका लागि नयाँ मापदण्ड तयार पारेको छ । वैदेशिक रोजगारीका नाममा व्यवसाय सञ्चालन गर्नेहरूले ठगी धन्दा चलाएको भन्दै त्यसलाई रोक्न वैदेशिक रोजगार विभागले प्रहरी प्रशासनको स्वीकृति, स्थानीय प्रशासनको सिफारिस, सञ्चालकको योग्यता र भौतिक व्यवस्था तथा अचल सम्पत्ति समेतको कागजात पेश गर्नुपर्नेसहितको व्यवस्था नयाँ मापदण्डमा राखिएको छ । वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउनका लागि यस्तो मापदण्ड तयार पारिएको विभागले जनाएको छ ।
 
मापदण्डअनुसार विगतमा दर्ता भएका म्यानपावर कम्पनीलाई नियमन र कानुनअनुसार सञ्चालन गर्नका लागि बाध्य बनाइने छ भने नयाँ दर्ता हुने म्यानपावरलाई दर्ता गर्दा नै आर्थिक स्रोत तथा ठगी गरिए कसरी कारबाही गर्ने र पीडितलाई कसरी क्षतिपूर्ति दिलाउने भन्नेसम्मको व्यवस्था गरिन लागेको छ । पुरानो मापदण्डअनुसार म्यानपावर सञ्चालनका लागि इजाजतपत्र दिँदा ठगी बढ्ने तथा जोसुकैले पनि सञ्चालनका लागि अनुमति लिने क्रम बढेकाले नयाँ मापदण्ड तयार पारी त्यस्ता म्यानपावर कम्पनीलाई नियन्त्रण र नियमन गर्न लागिएको  वैदेशिक रोजगार विभागका  निर्देशक काशीराज दाहालले जानकारी दिनुभयो ।
 
नयाँ मापदण्डको मस्यौदा तयार गरी स्वीकृतिका लागि श्रम तथा यातायात व्यवस्था मन्त्रालयमा पठाइसकिएकाले त्यहाँबाट स्वीकृत भएर आएपछि लागू हुने बताइएको छ । निर्देशक दाहालका अनुसार नयाँ कार्ययोजनामा सातवटा नयाँ व्यवस्था थपिएका छन् । नयाँ मापदण्डअनुसार म्यानपावर कम्पनीका रूपमा दर्ता हुनका लागि प्रहरीको प्रतिवेदन, स्थानीय प्रशासनको सिफारिस, सञ्चालकको योग्यता तथा भौतिक व्यवस्थाजस्ता कुरा आवश्यक पर्दछ । यस्तो प्रावधान पुरानो कार्ययोजनामा राखिएको थिएन ।
विभागका अनुसार म्यानपावर कम्पनीले ठगी गरेको प्रमाणित भएमा त्यस्तो कम्पनीले राखेको धरौटी रकमबाट क्षतिपूर्ति दिन नपुगेमा जायजेथाबाट असुल्न मिल्ने कागजपत्रसमेत राख्नुपर्ने व्यवस्था गरिएको छ । अहिले कुनै पनि व्यक्तिले म्यानपावर कम्पनी खोल्न विभागमा रु सात लाख नगद र रु २३ लाख बैङ्क ग्यारेन्टी राख्नुपर्ने व्यवस्था छ ।
 
विभागका अनुसार म्यानपावर कम्पनीले सो रकमभन्दा बढी ठगी गरेमा पीडितलाई क्षतिपूर्ति दिलाइदिने कुनै पनि कानुनी  आधार विभागमा नभएकाले यस व्यवस्था थपिएको हो । पछिल्लो समयमा कतिपय म्यानपावर कम्पनीहरू करोडौँ रूपैयाँ ठगी गरेर भागेको भए पनि गतिलो कानुनी आधार नहुँदा त्यस्ता कम्पनीमाथि कारबाही गर्न विभागले नसकेको अवस्थामा नयाँ व्यवस्थाले बाध्य पार्ने निर्देशक दाहालले विश्वास गर्नुभयो ।
 
प्रधानमन्त्री डा बाबुराम भट्टराईको निर्देशनसँगै विभागले चालु आथिर्क वर्षको असोजदेखि नयाँ म्यानपावर कम्पनी दर्ता बन्द गरेको थियो । त्यसयता पनि ७४ वटा नयाँ म्यानपावर कम्पनीले विभागमा निवेदन दिएको बताइएको छ ।

   
News Feedback
Name
Email
Address
Comment
   

Category: Business
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank