ललितपुर, २८ चैत्र । नेपाल उद्योग वाणिज्य महासङ्घले मंगलबार आफ्नो स्थापना दिवस मनाउँदैछ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारमा विधिवत् दर्ता भएको दिनको सम्झनामा २०५६ सालदेखि यो दिवस मनाउँदै आएको छ । महासंघले यसपटकको स्थापना दिवस ललितपुरमा मनाउँने भएको छ । दिवसका अवसरमा मंगलबार विहान पुल्चोकबाट प्रभातफेरी निकाल्ने र साँझ पाटनदरवार क्षेत्रमा दिपावली गरी नेवारी परम्परागत भोजको आयोजना समेत गरिने महासङ्घले जनाएको छ ।
विगतका दिवसमा आर्थिक एजेण्डालाई प्राथमिकता दिँदै आएको देशभरका उद्योगीहरूको छाता सङ्गठन महासङ्घले आफ्नो सदस्य संस्था ललितपुर उद्योग वाणिज्य सङ्घको आतिथ्यमा उद्योग वाणिज्य दिवस पाटन क्षेत्रमा मनाउन लागेको हो । पाटन दरवार स्क्वायरस्थित कात्तिक डबलीमा मनाउन लागिएको दिवसलाई पूर्ण साँस्कृतिक महोत्सवको रूपमा बनाई त्यहाँको धार्मिक तथा साँकृतिक पहिचानलाई जानकारी गराईने महासंघका वरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकारले जानकारी दिनुभयो । कार्यक्रममा खासगरी नेवारी समुदायको परम्परागत बाँजागाजासहित झाकी प्रस्तुत गरिनुको साथै विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिने जनाइएको छ ।
ललितपुर जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक धरोहरको बारेमा पहिचान गराउने उद्देश्यले ललितपुरमा फरक ढङ्गले दिवस मनाउन लागिएको वरिष्ठ उपाध्यक्ष राजकर्णिकारल बताउनुभयो । दिवसका संयोजक ललितपुर उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष रवीन्द्र ताम्राकारले ललितपुरको ऐतिहासिक एवम् साँस्कृतिक धरोहरलाई पहिचान गराउन दिवस सफल हुने दावी गर्नुभयो ।
बिक्रम सम्वत् २०२२ सालमा स्थापित नेपाली उद्योगी व्यावसायीहरूको सङ्घीय प्रतिनिधिमुलक संस्था महासङ्घले हरेक वर्ष चैत २८ गतेलाई विक्रम सम्वत् २०५६ सालदेखि उद्योग वाणिज्य दिवसको रूपमा मनाउदै आएको छ । दिवसकै अवसरमा महासंघका संस्थापक सदस्य, जिल्ला उद्योग वाणिज्य संघहरु तथा महासंघका पूर्वअध्यक्षलाई सम्मानित गर्ने कार्यक्रम समेत रहेको छ ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


