May 23 Thursday, 2013
Site  
नेपालद्धारा मलेसिया १ बिकेटले पराजित
Reported by: N/A

 
काठमाडौं, २७ वैशाख ।  मलेशियामा जारी एसीसी अन्डर १६ एलिट कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले मलेशियालाई १ बिकेटले पराजित गरेको छ । आफूले खेलेका तीनवटै खेलमा जित हात पार्दै यसअघि नै सेमिफाइनलमा पुगिसकेको नेपाल समूह चरणको सबै खेल जितसँगै ८ अंकसहित समूह ए को विजेता समेत बनेको छ भने यसअघि नै अन्तिम चारमा पुगिसकेको मलेशिया ४ खेलबाट ६ अंकसहित समूह बीको उपविजेता बनेको छ ।
 
अब सेमिफाइनलमा नेपालको भेट शुक्रबार समूह ए को उपविजेता सिंगापुरसँग हुनेछ । सन् २०१० को फाइनलमा नेपाल सिंगापुरसँग नै पराजित भएको थियो । मलेसियाले प्रस्तुत गरेको १ सय ४० रनको विजयी लक्ष्य नेपालले ३८ दशमलब ५ ओभरमा ९ विकेटको क्षतिमा भेट्टाएको थियो । नेपालको जितमा आकाश विष्ट नायक सावित भए । निकै खराब सुरुवात गरेको नेपालले ६ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । ८ ओभरमा ३५ रन जोड्दा ५ विकेट गुमाइसकेको नेपालले २४ ओभरमा ८८ रन जोड्दा ९ विकेट गुमाएको थियो ।
 
तर, आकाशले उत्कृष्ट पारी खेल्दै हार नजिक पुगेको नेपाललाई जित दिलाए । अविजित ५५ रन जोडेका उनी म्यान अफ दि म्याच समेत भएका थिए । नवौं विकेटका लागि उनले अनुप न्यौपानेसाग अर्धशतकिय साझेदारी गरे । अनुप १३ रनमा अविजित रहे । नेपालका लागि रूपेश बास्तोलाले १८, कालिचरण यादवले १३ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नुरध्वज सेन ९, अदिल खानले ६, कप्तान दिपेन्द्र चन्द र शशी मिश्रले समान ५–५, आसिफ शेखले १ रन जोडे भने रविन गुप्ता र जगदिश चन्दले खाता नै खोल्न सकेनन् ।
 
यसअघि किनारा क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको घरेलु टोली मलेशियाले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो ।
   
News Feedback
Name
Email
Address
Comment
   

Category: Sports
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank