
काठमाडौं, ३१ वैशाख । बिरनदीप सिंहको अर्धशतकले मलेसियामा सम्पन्न एसीसी यु १६ इलाइट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई एक विकेटले पराजित गर्दै आयोजक राष्ट्रले जितेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल खेल मैदानमा पहिले टस जिती ब्याटिङ सुरु गरेको नेपाल निर्धारित ४० ओभरको खेलमा ७ ओभर खेल्न बाँकी छँदै १ सय १७ रन बनाएर अल आउट भएको थियो ।
ठूलो रनको लक्ष्य दिन नसकेपनि नेपालले बलिङ चुनौति अन्तिम ओभरसम्म कायम राखेको थियो । ३३ औँ ओभरमा कालिचरण यादवले लगातार २ बलमा दुई विकेट लिएपछि मलेसिया अप्ठेरोमा पर्ने स्थिति देखिएको थियो । तर विरनदीप सिंहको ५५ रनको मद्दतले अन्तिम ओभरको पहिलो बलमा मलेसिया विजयी भयो । अन्तिम ६ बलमा २ रन आवश्यक भएको मलेसियाले पहिलो बलमा नै विजय लक्ष्य हात पारेको थियो । नेपाल सबै खेलमा विजयी हुँदै फाइनलमा पुगेको थियो । समूह चरणमा नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको थियो ।
उमेर समूहका प्रतियोगितामा मलेसियासँग नेपाल अपराजित नेपालले पहिलो तीन एसिसी यु १९ प्रतियोगिता जित्दा फाइनलमा मलेसियालाई नै शिकार बनाएको थियो । २००९ मा एसिसी यु १७ यता नेपालले उमेर समूहमा उपाधि जित्न सकेको छैन । फाइनलमा मलेसियालाई नै १० विकेटले पराजित गरी पहिलो पटक यु १७ को उपाधि जित्दा श्रीलंकाली रोय लुक डायस नेपाली टोलीका मुख्य तथा मन्जुर आलम खान सहायक प्रशिक्षक थिए । २००९ को एसिसी ट्वान्टीमा राष्ट्रिय टोलीले मलेसियासँग भोगेको एकमात्र पराजयमा पनि डायस र उनका सहायकमा मन्जुर नै नेपाली टोलीका प्रमुख थिए ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


