काठमाडौं, १० जेठ । राष्ट्रपति डा रामवरण यादव र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा बुधबार भएको भेटमा उहाँहरूबीच मुलुकको समसामयिक राजनीतिक अवस्था र दलहरुद्वारा संविधानसभाको म्याद थपका लागि भएको सहमति र म्याद थपपछिको अवस्थाबारे कुराकानी भएको थियो । भेटपछि माओवादीका अध्यक्ष दाहालले सरकारले संविधानसभाको समयावधि तीन महिना बढाउने निर्णय गरेको जानकारी आफूले राष्ट्रपतिलाई गराएको र त्यसमा राष्ट्रपतिले चासो व्यक्त गर्नुभएको सञ्चारकर्मीहरुलाई बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संविधानसभाको म्याद थपबारे राष्ट्रपतिलाई जानकारी गराएँ, राष्ट्रपतिबाट म्याद थपपछि जेठ १४ गतेको अवस्था के हुन्छ भनेर चासो व्यक्त गर्नुभयो ।’ भेटमा आफू दलहरुबीच छलफल गरी जेठ १४ भित्रै संविधान जारी गर्ने प्रयासमा रहेको र त्यो प्रयास सफल नभएपछि मात्र सहमति कायम गर्नका लागि संविधानसभाको म्याद थपको प्रस्ताव अघि सारिएको जानकारी राष्ट्रपतिलाई गराएको पनि उहाँले बताउनुभयो ।
दलहरुबीच मङ्गलबार तीन महिनाका लागि संविधानसभाको म्याद थप गर्ने सहमति भएको थियो भने त्यसलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले त्यसलाई अनुमोदन गर्दै म्याद थपको प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गराएको थियो । राष्ट्रपति डा यादवले सोमबारमात्रै मधेसी मोर्चासहित चार दलका शीर्ष नेतालाई बोलाएर जेठ १४ भित्रै संविधान जारी गर्न ध्यानाकर्षण गराउनुभएको थियो ।
मंगलबार राति नै प्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रपति डा यादवलाई भेटी संविधानसभाको म्याद थप्न अघि सारिएको प्रस्तावबारे जानकारी गराउनुभएको थियो ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


