
काठमाडौं, १० जेठ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभाको म्याद थपकालागी प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा दिनुपर्ने सर्त अगाडि सार्नु भएको छ । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले दुई दिनभित्रमा संविधानका सबै विवादित विषयमा सहमति गरेर प्रधानमन्त्रीले राजीनामा गरे संविधान लेखेर जारी गर्न बढीमा एक महिनासम्म संविधानसभाको म्याद थप्न सकिने स्पष्ट पार्नुभयो ।
नेपालले प्रधानमन्त्री भट्टराई र माओवादीप्रति दलहरुको विश्वास हराएकोले अब प्रधानमन्त्रीले राजीनामा दिएमात्रै विश्वासको आधार तयार हुने स्पष्ट पार्नुभयो । उहाँले पाँच बुँदे सहमति गर्नु अघिनै जेठको छिटोमा ७ र ढिलोमा १० गते प्रधानमन्त्रीले राजीनामा दिएर सहमतिको अर्को सरकार गठन गर्ने सहमति भएको लिखित कागज आफूहरुसँग सुरक्षित भएको खुलासा गर्दै अलिकति पनि नैतिकता भए प्रधानमन्त्रीलाई राजीनामा दिएर सहमतिको सरकार निर्माणको मार्ग प्रसस्त गर्न आब्हान गर्नुभयो ।
एमाले सरकारबाट बाहिरिन्छ कि बाहिरिदैन भन्ने सञ्चारकर्मीको जिज्ञासामा वरिष्ठ नेता नेपालले अहिले अप्ठ्यारो अवस्था छ, स्थायी समितिको बैठक बसेर सो विषयमा निर्णय गर्छौ । अहिले नै सरकारबाट बाहिरिने अवस्थामा पुगेका छैनौ । माओवादीले षडयन्त्रमुलक ढंगले मंगलबार साँझ पाँच बजे खाए खा नआए घिच भन्ने गरी अन्तिम बेलामा आफूहरुले धारणा बनाउन नपाउँदै म्याद थपको प्रस्ताव ल्याएको आरोप लगाउँदै नेता नेपालले भन्नुभयो, हामी जसरी पनि जेठ १४ गते भित्रै संविधान ल्याउने तयारीमा थियौ तर माओवादी संविधान निर्माणलाई टारदै टारदै आएको थियो कारण संविधानसभाको म्याद थप्ने षडयन्त्र पो रहेछ । म्याद थप्ने भए पहिला नै छलफल गर्नु पर्दथ्यो । यसले माओवादी नाङगिएको छ ।
मंगलबार साँझको बैठकमा आफूले संविधानका विवादित विषयमा सहमति बनेपछि जारी गर्न आवश्यक समयकोलागी राष्ट्रपतिकोमा गएर संविधानको बाधा अडकाउन फुकाएर एक महिना म्याद थप गर्न सकिन्छ ,नभए पाँच बुँदे सहमति अनुसार दुई दिन भित्रमा विवादित विषयमा सहमति कायम गरेर प्रधानमन्त्रीले राजिनामा गरेपछि आवश्यक समय थप्न सकिने प्रस्ताव गरेको तर प्रधानमन्त्रीले नमानेर म्याद थपको प्रस्ताव गरेको उनले खुलासा गर्नुभयो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई षडयन्त्र र जालझेलको अर्को नाम भएको आरोप लगाउँदै नेता नेपालले बचन र सहमतिको पालना गर्ने रक्तपात भए पनि आफ्नो स्वार्थकालागी जुनसुकै काम गर्न तयार रहेको दावी गर्नुभयो । उहाँले माओवादी एमाले र काग्रेस फुटाएर आफ्नो स्वार्थ पुरा गर्ने दाउमा रहेको दावी गर्दै माओवादीलाई सो योजनामा फेल र पम्चर बनाईदिने चेतावनी दिनुभयो ।
सर्वोच्च अदालतको सम्मान र संविधान निर्माणकोलागी विश्वासको बातावरण निर्माणमा एमालेको प्रयास भएको भन्दै बाँकी विषयमा सहमति बनिसकेको र ११ प्रदेशको पनि नाम खोज्न सकिने उनले स्पष्ट पार्नुभयो ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


