
काठमाडौं, ११ जेठ । एकीकृत नेकपा माओवादीले यही जेठ १४ भित्रै संविधान जारी गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ । यसका लागि आजै देखि अन्य दलहरुसँगको छलफललाई तिव्रता दिने पनि बताएको छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आज बिहान बसेको माओवादी स्थायी समितिको बैठकले विवादित विषयमा सहमति नजुटे प्रक्रियामा गएर भएपनि जेठ १४ भित्रै संविधान जारी गर्ने प्रतिवद्धता जनाएको हो । बैठकले कांग्रेस एमालेले संविधान निर्माणका विवादित विषयहरुमा सहमति पनि नगर्ने र प्रक्रियामा पनि जान नचाहेका कारण संविधानसभा बिगठन गर्ने षड्यन्त्रमा लागेको समेत आरोप लगाएको छ । उसले आज कांग्रेस, एमाले, मधेशी मोर्चा तथा संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलहरुसँग पनि छलफल गर्ने तथा आजै विवाद समाधान उपसमितिको बैठक बोलाएर प्रश्नावली तयार गरि संवैधानिक समितिमार्फत संविधानसभामा प्रवेश गराउँने पनि निर्णय गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको बैठकले सबै विषय टुंगिएर संविधानको मस्यौदा तयार भएपछि मात्र प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा दिनुहने निर्णय समेत गरेको बैठकपछि स्थायी समिति सदस्य एवम् अर्थमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । दलहरुबीच भएको पाँच बुँदे सहमति कार्यान्वयनका लागि माओवादी इमान्दार रहेको तर मधेशी, जनजाति, दलित, उत्पिडीत, महिला लगायत पछाडी परेका समुदायलाई विश्वासमा लिएर मात्र संविधानको मस्यौदा निर्माण गर्नुपर्ने बैठकले निर्णय गरेको छ । संविधानसभाको म्याद थप गर्ने सम्बन्धमा सरकारले दर्ता गराएको प्रस्तावका सम्बन्धमा भने बैठकले बैकल्पिक स्थिती भएको टिप्पणी गरेको छ । निर्धारित मितिमा संविधान जारी नभई संविधानसभा विगठन हुने अवस्था नरहोस मूलुकमा रिक्तता नआओस भनेर सरकारले बेलैमा प्रस्ताव दर्ता गरेको मन्त्री पुनले स्पष्ट पार्नु भयो । संविधानसभाको म्याद थप्नु माओवादी र सरकार दुवैको रहर नभएको पनि उहाँले बताउँनु भयो । बैठकको सुरुमा अध्यक्ष दाहालले समसामयिक राजनीतिक घटनाक्रम, दलहरुबीच भइरहेका वार्ता ताथा छलफल हरु लगायतका विषयमा जानकारी गराउँनु भएको थियो ।
बैठकमा वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षीय सदस्यहरु भने अनुपस्थित रहेका थिए । प्रधानमन्त्री भट्टराईको राजीनामा आउनु पर्ने तथा संविधानसभाको म्याद थपको विपक्षमा देखिएको वैद्य पक्षले आफूहरुलाई स्थायी समितिको बैठकबारे जानकारी नै नभएको जनाएको छ ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


