बाजुरा, १९ जेठ । बाजुरा बाँधु ९ पिपलडालीमा बिहीबार राति आएको हावाहुरीले चारको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन् । सँगै आएको असिनापानीका कारण १० वटा घर क्षतिग्रस्त भएका छन् । घटनामा मृत्यु हुनेमा बाँधु ९ का ६० वर्षीया सुकिली सार्की, निजकी १४ वर्षीया नातिनी करिस्मा तथा १२ वर्षीय लोकराज कार्की र तीन वर्षीय दीपेन्द्र कार्की छन् ।
घाइतेको कोल्टीस्थित निजी अौषधि पसल नबिन मेडिकल हलमा उपचार भइरहेको विमानस्थल सुरक्षागार्डले जनाएका छन् । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको संलग्नतामा उद्धार भइरहेको छ । हावाहुरीका कारण प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका औषधि र भवन, पसल, विद्यालयलगायतमा क्षति भएको छ । कोल्टी गाविस र बाँधु गाविसका अधिकांश वडाका जनता घाइते भएको खबर जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बहादुरजङ्ग मल्लले जानकारी दिनुभयो ।
घटनाका बारेमा विस्तृत जानकारी आउन भने बाँकी रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबाट अरू थप क्षति समेत भएको हुन सक्ने आशङ्का गरिएको छ ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


