May 20 Monday, 2013
Site  
कारागारमा बजेटको अभाव, कैदीलाई सास्ती
Reported by: N/A

भद्रपुर, २० जेठ । रकम नहुँदा उधारोमा ल्याएको चामल सकिन लागेपछि झापा जिल्लाको चन्द्रगढी कारागारको व्यवस्थापनसमक्ष कैदीलाई के खुवाउने भन्ने चिन्ताले सताउन थालेको छ । बिर्तामोडस्थित खाद्य संस्थानबाट पटकपटक उधारोमा ल्याइएको चामल एक साताभित्रै सकिन लागेको र संस्थानले थप उधारो दिन नसक्ने बताएपछि कैदीलाई भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना हुन लागेको हो ।

सरकारले विनियोजन गरेको रकम फागुन मसान्तमै सकिएको छ । थप बजेटका लागि कारागार व्यवस्थापन विभाग काठमाडौँमा पत्राचार गरिएको भए पनि हालसम्म रकम निकासा नभएको कारागार प्रमुख खगेन्द्र गिरीले जानकारी गराउनुभयो । उहाँ भन्नुहुन्छ, “खाद्य संस्थानलाई १५ लाख रूपैयाँ भुक्तानी गर्नु पर्नेछ  । कारागारका कैदीलाई चैत महिनादेखि नगद वितरण गरिएको छैन । यसका साथै वर्षे लुगा र ओढ्ने, ओछ्र्याउनेसमेत वितरण नगरिएकाले ६५ लाख रूपैयाँ माग गरिएको हो ।”

प्रत्येक कैदीलाई प्रतिदिन नगद ४५ रूपैयाँ र ७०० ग्राम चामल वितरण गर्ने कारागारको नियम रहेको छ । चामल, दाउरा, दाल र तरकारी उधारोमै खरिद भइरहेको छ । चन्द्रगढी कारागारमा यतिखेर ५६१ जना कैदी छन् । समष्टिगतरूपमा यतिखेर एक महिनामा पाँच लाख रूपैयाँ बराबरको चामल खर्च हुने गर्छ ।

टेलिफोन लाइन विगत दुई महिनादेखि विच्छेद गरिएको छ । नेपाल टेलिकमको महसुल बापतको ५० हजार रूपैयाँ चुक्ता नगरेपछि टेलिकमले लाइन विच्छेद गरेको कारागार शाखाले जनाएको छ । कारागारमा कैदीको चाप अत्यधिक छ । प्रत्येक दिन कोही न कोही बिरामी भइनै रहन्छ । त्यस्ता बिरामी कैदीलाई भद्रपुर अस्पतालमा उपचारका लागि लैजानुपर्दा भाडामा गाडी रिजर्भ गर्नुपर्छ । यसका लागि एकपटकमा ६०० रूपैयाँ भाडाबापत तिर्नुपर्छ, कार्यालय प्रमुख गिरीले भन्ननुभयो, “कैदीलाई झापाबाट अन्यत्र पनि लग्नुपर्ने भएकाले सरकारले एउटा गाडीको व्यवस्था गरिदिँदा राहत पुग्ने थियो ।”

   
News Feedback
Name
Email
Address
Comment
   

Category: news
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank