काठमाडौं, २० जेठ । नेपाली काँगे्रसका सभापति सुशील कोइरालाले असंवैधानिकरुपमा संविधानसभाको विघटन गरेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयासमा रहेको वर्तमान सरकारका विरुद्ध कडारुपमा उत्रन पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । महाराजगन्जस्थित आफ्नै निवासमा भएको औपचारिक छलफलमा उपस्थित केन्द्रीय सदस्यहरुसँग यही जेठ २६ गते राजधानीमा हुने बृहत् आमसभालाई सफल बनाउनका लागि सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।
मुलुकको बदलिँदो राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सत्ता बाहिर रहेका अन्य दलहरुसँगको छलफलपछि यही जेठ २६ आयोजना गरिने आमसभामा पार्टीको संयन्त्रलाई समन्वयात्मकरुपमा अगाडि बढाउने बारेमा सभापति कोइरालाबाट आग्रह गरिएको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताउनुभयो । उहाँले एकीकृत नेकपा (माओवादी)ले जसरी पनि आफ्नै निर्णय लाद्न खोजेको भन्ने कुरा यही जेठ १४ को संविधानसभा विघटन र तत्कालै मङ्सिर ७ गते एकतर्फीरुपमा घोषणा गरिएको संविधानसभाको निर्वाचनबाट पुष्टि भइसकेकाले त्यस्ता चुनौतीको डटेर सामना गर्नुपर्ने छलफलको निष्कर्ष रहेको पनि जानकारी दिनुभयो ।
काँग्रेसले लामो समयदेखि एमाओवादीको विश्वास गर्दै आएको थियो, तर उसको पछिल्लो गतिविधिबाट मुलुकमा संवैधानिक सङ्कट उत्पन्न भएकोले बाध्य भएर आन्दोलनमा जानुपरेकाले यो लडाइँँलाई निष्कर्षमा पु¥याउन पनि सभापति कोइरालाले पार्टी सदस्यहरुलाई आग्रह गर्नुभएको थियो । बैठकमा जेठ २६ गतेको आमसभालाई व्यापक बनाउन अन्य दलसँग अपनाउनुपर्ने रणनीतिका बारेमा पनि छलफल भएको जनाइएको छ । तत्कालका लागि विश्वासिलो वातावरण नभएकाले आन्दोलनमा जानुको विकल्प नभएकोमा पनि छलफल भएको सदस्य केसीले बताउनुभयो ।
अन्य राजनीतिक दलहरुको परामर्शबिना अर्को संविधानसभा निर्वाचनको मिति तोक्नु असंवैधानिक भएको भन्दै काँगे्रस, नेकपा एमालेसहितका १९ साना दलले प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध आन्दोलन घोषणा गर्दै जेठ २६ गते राजधानीमा व्यापक आमसभा गर्ने निर्णय गरेका थिए ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


