चितवन, २३ जेठ । तत्कालिन विद्रोही नेकपा माओवादीको विद्युतीय धरापमा परी ३८ जना सर्वसाधारणको ज्यान गएको चितवनको माडिको कल्याणपुरस्थित बाँदरमुढे घटना भएको मंगलबार ७ बर्ष पुरा भएको छ । ७ बर्ष बितिसक्दा पनि घटनाका पीडितहरुले अहिलेसम्म राहत पाउन सकेका छैनन् । माडीको अयोध्यापुरीस्थित बगईबाट भरतपुरतर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको बस २०६२ साल जेठ २३ गते माओवादीको एम्बुसमा परेको थियो । घटनापछि माओवादीले क्षमा माग्दै दोषीलाई कारबाही गर्ने बताएको थियो । तर दोषी किटान भइसक्दा पनि कारबाही हुन नसकेको पीडितहरुको गुनासो छ । घटनाका पीडितहरुले जेठ २३ गतेलाई कालो दिनको रुपमा मान्दै आएका छन् । बाँदरमुढे खोलामा मंगलबार सातौं बार्षिकी शोकसभा कार्यक्रम आयोजना गरिएको छ । ३८ जना मृत आत्माको चीर शान्तिको कामना गर्दै घटनास्थलमा दीप प्रज्जलन गरिने कार्यक्रम रहेको बताइएको छ ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


