June 20 Thursday, 2013
Site  
एसएलसी परीक्षाको नतिजा साँझ प्रकाशित हुने
Reported by: N/A

भक्तपुर, ३१ जेठ ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०६९ सालको प्रवेशिका परीक्षा एएलसीको परीक्षाफल बुधबार प्रकाशित गर्ने भएको छ । परीक्षाफल प्रकाशित गर्ने सम्बन्धमा अन्तिम निर्णय गर्न बुधबार दिउँसो बसेको एसएलसी परीक्षा बोर्डको बैठकले साँझ साढे ५ बजे  परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरमा बसेको बैठकले बिगतका वर्षहरुमा राती मात्र परीक्षाफल प्रकाशित गर्ने परम्परालाई तोड्दै यसपटक भने दिउँसै परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
गत चैत्र ७ देखि १६ गतेसम्म मूलुकभर सञ्चालन भएको एसएलसी परिक्षामा कूल ५ लाख २८ हजार २ सय ५७ परीक्षार्थी सहभागी थिए । जसमा नियमिततर्फ ४ लाख ४६ हजार १ सय ६६ र एक्जाम्टेडतर्फ ३६ हजार ३ सय ४१ परीक्षार्थीको सहभागिता रहेको थियो । विद्यालय तहको फलामे ढोकाको रुपमा मानिने एसएलसी परीक्षाको नतिजा सार्वजानिक गर्ने भएपछि अहिले परीक्षा नियन्त्रण कार्यालय वरपरको सुरक्षा अवस्था अत्यन्त कडा पारिएको छ ।
 
   
News Feedback
Name
Email
Address
Comment
   

Category: Main News
35.   भाँडियो सहमति    (2013-03-08)
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank