May 25 Saturday, 2013
Site  
दाहालको प्रस्ताव वैद्यद्धारा अस्वीकार
Reported by: N/A

काठमाडौं, ३२ जेठ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र देखिएको विवाद समाधानका लागि नयाँ प्रस्ताव उपाध्यक्ष मोहन वैद्यलाई दिनुभएको छ । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा अध्यक्ष दाहाल र उपाध्यक्ष वैद्यबीच भएको छलफलमा अध्यक्ष दाहालले सो प्रस्ताव दिनुभएको एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य कृष्णबहादुर महराले जानकारी दिनुभयो । पार्टी एकताका लागि अध्यक्षले तयार पार्नुभएको प्रस्ताव उपाध्यक्षलाई दिनुभएको र उपाध्यक्षले आफनो विचार समूहमा छलफल गरेर जवाफ दिने बताउनुभएको छलफलपछि नेता महराले जानकारी दिनुभयो ।

मंगलबार अध्यक्ष दाहाल र उपाध्यक्ष वैद्य पक्षबीच भएको लामो छलफलमा पार्टी एकताको आधार तयार पारेर अगाडि बढ्ने भन्ने सहमति भएपछि बुधबार दुई नेताबीच पुनः छलफल भएको हो । सो प्रस्तावमा भनिएको छ –‘अहिले जनवादी क्रान्तिको रणनीतिक उद्देश्य प्राप्तिका लागि अपनाइएको शान्ति, संविधान र सरकारसँग सम्बन्धित कार्यनीति र तिनको कार्यान्वयनका विषयनै हाम्रा विवादका मुख्य विषय बन्न गएका छन् । त्यसमा पनि हाम्रो ध्यान केन्द्रीय समितिको गत पूर्ण बैठकमा पार्टी एकताका निमित्त गरिएको सहमतिको राजनीतिक प्रस्तावमा केन्द्रित हुन जरुरी छ ।’ शान्ति प्रक्रियाका सन्दर्भमा चावी प्रकरणदेखि सेना–समायोजनको निर्णयसम्म, संविधानका सम्बन्धमा विगतमा पार्टी नेतृत्वले गरेका कतिपय सहमति, सरकारका सम्बन्धमा राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनको विषय एवम् राष्ट्रियताका सन्दर्भमा बिप्पा सम्झौता लगायतका विषय नै विवादका मुख्य विषय बन्न गएको भन्दै प्रस्तावमा पार्टी नेतृत्व पालुङ्गटारको विस्तारित बैठकपछि लिइएका उपरोक्त सबै निर्णयमा सामूहिक रूपले पुनःसमीक्षा गर्न तयार रहेको समेत उल्लेख गरिएको छ ।

यसैगरी  उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगका जनताका आधारभूत हित र अधिकार मुख्यतः पहिचानका आधारमा सङ्घीयताका पक्षमा सङ्घर्ष गर्दागर्दै संविधानसभाको अवसान हुन पुगेको नकरात्मक स्थितिलाई पार्टीमा एकता कायम गरी जनताको सङ्घीय गणतन्त्रात्मक संविधान निर्माणको अभियानमा जुट्ने सकारात्मक परिणाममा लैजाने आधार तयार भएको भन्दै  एकताको आधारलाई पक्डेर अगाडि बढ्नका लागि विगतमा भएका निर्णयको समीक्षा गरी कमी–कमजोरीप्रति आत्मालोचित हुन पार्टी नेतृत्व तयार रहेको प्रस्तावमा उल्लेख छ । पार्टी एकता र क्रान्तिको समग्र हितलाई ध्यान दिई केन्द्रीय समितिको पूर्ण बैठकमा एजेण्डा राखेर नेतृत्व परिवर्तनलगायतका विषयमा छलफल गर्न र आवश्यक त्याग गर्न पार्टी नेतृत्व तयार रहेको प्रस्तुत प्रस्तावमा उल्लेख गरिएको छ । संविधानसभाबाट जनताको संविधान निर्माण गर्ने नीतिमा कायम रहने भन्दै प्रस्तावमा संविधान नबन्दासम्म सो नीतिको औचित्य कायम रहने र पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधानमा राजनीतिक सहमति कायम गरी विगतमा गरिएका सहमतिमा सरकारको नेतृत्व परिवर्तन गर्न पार्टी तयार रहेको कुरा स्पष्ट पारिएको छ ।

पार्टीभित्र देखिएका वैचारिक राजनीतिक विषयसँग सम्बन्धित विवादबारे फोरम सञ्चालन गरी आगामी माघ महिनाभित्र महाधिवेशन आयोजना गरी टुङ्गो लगाइने सो प्रस्तावमा उल्लेख गरिएको छ  । सो कामका लागि पार्टी सस्थापन पक्ष र पार्टी उपाध्यक्ष मोहन वैद्य पक्षले राखेको क्रमश  असार १५ गतेको केन्द्रीय विस्तारित बैठक र असार १ गतेको राष्ट्रिय भेला र दुवै स्थगित गरी अविलम्ब केन्द्रीय समितिको पूर्ण बैठक बसी समस्या समाधान गरिने पनि अध्यक्ष दाहालले प्रस्तुत गर्नु भएको प्रस्तावमा उल्लेख  छ ।
 
   
News Feedback
Name
Email
Address
Comment
   

Category: Main News
35.   भाँडियो सहमति    (2013-03-08)
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank