June 19 Wednesday, 2013
Site  
नेदरल्याण्डको अघिल्लो चरण प्रवेश कठीन, पोर्चुगलद्धारा डेनमार्क पराजित
Reported by: N/A

काठमाडौं, ३२ जेठ । नेदरल्याण्डको युरो कप फुटबल प्रतियोगितामा अघिल्लो चरणको प्रवेश कठीन बनेको छ । समूहचरणको पहिलो खेलमा डेनमार्कसँग पराजय बेहोरेको नेदरल्याण्डले बुधबार राती जर्मनीसँग भएको खेलमा पनि २-१ गोल अन्तरले पराजित भएसँगै अघिल्लो चरण प्रवेशको संभावना कठिन बनेको हो । समूह बी को अघिल्लो खेलमा पोर्चुगललाई हराएको जर्मनी ६ अंक सहित समूहको शीर्ष स्थानमा उक्लिएको छ । 
यता नेदरल्याण्डले भने प्रतियोगितामा कुनै पनि अंक जोड्न सकेको छैन । उसले अब अघिल्लो चरण प्रवेशका लागि पोर्चुगललाई फराकिलो अन्तरले पराजित गर्नु पर्नेछ । यस्तै जर्मनीले डेनमार्कमाथि जित हात पार्नु पर्नेछ । समूह बी मा नै रहेका डेनमार्क र पोर्चुगलको समान ३-३ अंक छ । गएरातीको खेलमा जर्मनीको जितमा मारियो गोमेजले २ गोल गरेका थिए । यस्तै नेदरल्याण्डका रोबिन भान पर्सीले सान्तवना एक गोल फर्काएका थिए । 
यसअघि प्रतियोगिता अन्तर्गत बुधबार राती भएको पहिलो खेलमा पोर्चुगलले डेनमार्कलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । समूह चरणको अघिल्लो खेलमा जर्मनीसँग हार बेहोरेको पोर्चुगलले डेनमार्कमाथिको जितपछि अघिल्लो चरण प्रवेशको संभावना कायमै राखेको छ । खेलको २४ औं मिनेटमा पेपेको गोलमा अग्रता लिएको पोर्चुगलका लागि ३६ औं मिनेटमा हेल्डर पोस्टिगाले अर्को गोल थपेर अग्रता दोब्बर पारेका थिए । डेनमार्कका लागि ४१ औं र ८० औं मिनेटमा निकलास बेन्डनरले गोल गर्दै खेल बराबरीमा पुर्याए । खेल सकिन तीन मिनेट बाँकी छँदा ८७ औं मिनेटमा पोर्चुगलका सिल्भेस्टर भरेलाले गरेको गोल नै खेलको निर्णायक सावित भयो । 
प्रतियोगिता अन्तर्गत बिहीबारपनि २ वटा खेलहरु हुँदैछन् । बिहीबार राती पौने १० बजेपछि शुरु हुने पहिलो खेलमा इटाली र क्रोएशिया भिड्दैछन भने मध्यराती साढे १२ बजेपछि हुने दोश्रो खेलमा स्पेन र आयरल्याण्ड आमने सामने हुँदैछन् ।

 
   
News Feedback
Name
Email
Address
Comment
   

Category: Sports
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank