May 24 Friday, 2013
Site  
संस्थापन पक्षको आमसभा र वैद्य पक्षको भेला सँगसँगै
Reported by: N/A

काठमाडौं, १ असार । एकीकृत नेकपा माओबादीको संस्थापन पक्षले शुक्रबार राजधानीमा शक्तिप्रर्दशन सहित आमसभा गर्दैछ । पहिचान सहितको संघियता र संघियता सहितको सविधानमा जनमत सिर्जना गर्न माओबादीले शुक्रबार आमसभा गर्न लागेको हो । राजधानीको खुलामञ्चमा दिउँसो १ बजेपछि हुने आमसभालाई अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवम् प्रधानमन्त्री डा. बाबुराम भट्राईले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ । सभा सुरु हुनुअघि पार्टीको जनवर्गिय तथा भ्रातृ संगठनहरुले राजधानीको चाबहिल, कोटेश्वर, महाराजगञ्ज, कलंकी, सातदोबाटो, कालीमाटी, पुतलीसडक लगायतका स्थानबाट र्याली निकाल्ने माओबादीले जनाएको छ । सबिधानसभाबाट सबिधान बन्न नसक्नुको कारण बारेमा अध्यक्ष दाहालले स्पष्ट गर्नु हुने बताइएको छ । केहीदिन अघि खुलामञ्चमै कांग्रेस एमाले लगायतका बिपक्षी दलले सरकार र माओबादीबिरुद्ध शक्ति प्रर्दशन गर्न आमसभा गरेका थिए ।
यसैबीच, माओबादीको असन्तुष्ट बैद्य पक्षको केन्द्रिय समितिको बैठक शुक्रबार नै बस्दैछ  । वैठक नेवाः राज्यसमितिको कार्यालय कुपन्डोलमा विहान ११ बजेबाट शुरु हुने वैद्य पक्षिय केन्द्रीय सदस्य महेश्वर दाहालले जानकारी दिनुभयो । दाहालले अध्यक्ष पक्षले नीतिगत आधारमा नै आफुहरुका माग पुरा गर्न नसक्ने देखिएको भन्दै एकताको संभावना कम बन्दै गएको उल्लेख गर्नुभयो । वैठकमा शनिबारबाट सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत गर्ने प्रतिबेदन तयार गरिने दाहालले वताउनुभयो । राजधानीको बौद्धस्थित शेर्पा समाजको हलमा हुने कार्यकर्ता भेलामा १५ सय राज्य समितिको सदस्यहरुको उपस्थित रहने बताइएको छ । भेलाले नयाँ पार्टी गठनको प्रस्ताब गर्ने बुझिएको छ । भेलाको तयारी पुरा भएको सो पक्षले जनाएको छ ।
 
   
News Feedback
Name
Email
Address
Comment
   

Category: Main News
35.   भाँडियो सहमति    (2013-03-08)
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank