June 18 Tuesday, 2013
Site  
आयरल्याण्ड युरोकप बाट बाहिरियो
Reported by: N/A

काठमाडौं, १ असार । आयरल्याण्ड युरोकप २०१२ बाट बाहिरीने पहिलो टिम वनेको छ । बिहीबार राती सम्पन्न खेलमा स्पेनसँग ४-० गोल अन्तरले पराजीत वनेपछि आयरल्याण्ड प्रतियोगिताबाट बाहिरीने पहिलो टोली बनेको हो । स्पेनको जीतमा चेल्सीका स्ट्राइकर फर्नान्डो टोरेशले दुई गोल गरेभने सिटीका डेभिड सिल्भा र वार्सीलोनाका सेस फाव्रिगासले १, १ गोल गरे । जितसँगै संमुह सि मा स्पेन चार अंक सहित पहिलो तथा समान अंक सहित  क्रोएशिया दोस्रो तथा २ अंक सहित इटली तेस्रो स्थानमा छन् । यस्तै बिहीबार राती नै भएको खेलमा क्रोएशियाले इटलीलाइ १, १ गोलको वरावरीमा रोकेको छ । वरावरीसँगै इटली अघिल्लो चरण प्रवेशका लागि दवावमा परेको छ । नकआउट चरण प्रवेशका लागि उसले अन्तिम खेलमा आयरल्याण्डलाइ पराजीत गर्नैपर्ने दवाव छ । इटलीका लागि ३९ औं मिनेटमा आन्द्रे पिर्लोलो फ्रि किकमार्फत सुन्दर गोल गर्दै पहिलो हाफमा १, ० को अग्रता कायम गरेका थिए । तर दोस्रो हाफको ७२ औं मिनेटमा क्रोएसियाले मारियो मान्ड्जुकिकले वरावरी गोल गर्दै इटलीलाइ स्तव्ध पारे । यसैबीच, प्रतियोगिता अन्र्तगत शुक्रबार फ्रान्स र युक्रेन युक्रेनको डोन्वास एरिना स्टेडियम तथा स्विडेन र इङल्याण्ड एन एस के ओलम्पीज किभ स्टेडियममा भिड्नेछन् ।
 
   
News Feedback
Name
Email
Address
Comment
   

Category: Sports
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank