
बैठकले न्यायाधीश बमको हत्याका सम्बन्धमा छानबिन गर्न पूर्वन्यायाधीश प्रेमप्रसाद शर्माको अध्यक्षतामा तीन सदस्यीय जाँजबुझ आयोग गठन गरेको बैठकपछि शिक्षामन्त्री दीनानाथ शर्माले जानकारी दिनुभयो । आयोगका अन्य सदस्यमा महान्यायाधिवक्ताको कार्यालयबाट प्रेमराज कार्की र प्रहरी प्रधान कार्यालयबाट नरेश गुरुङ रहनुभएको छ ।
यसैगरी बमको उपचारका लागि नर्भिक अस्पतालमा लागेको सम्पूर्ण खर्च सरकारले नै व्यहोर्ने निर्णय गरेको छ । न्यायाधीश बमको कार्यालय जादै गरेका बेला ललिपुरको युएन पार्क नजिकै अज्ञात समुहको गोली प्रहारवाट गत जेठ १८ गते मृत्यु भएको थियो ।
यस्तै मन्त्रिपरिषदको शुक्रबारकै वैठकले झापाका स्वर्गिय पत्रकार यादब पौडेलको हत्याको घटना छानविन गर्न गठित छानबिन समितिको म्याद १५ दिन थप्ने निर्णय गरेको छ । सरकारले स्वर्गिय पत्रकार पोडेलको हत्याको घटना छानविन गर्न पूर्व न्यायाधीश केशवप्रसाद बस्यालको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरिय न्यायिक आयोग गठन गरेको थियो । सरकारले भारतीय स्थलसेनाध्यक्ष जनरल विक्रम सिंहलाई नेपाल भ्रमण गर्न स्वीकृति दिने निर्णय गरेको छ । भ्रमणका क्रममा जनरल सिंहलाई राष्ट्रपतिबाट मानार्थ नेपाली सेनाको महारथी पदले प्राप्त गर्ने मानमर्यादा र सम्मान उपभोग गर्ने गरी मानको खातिर नेपाली सेनाको महारथी पद प्रदान गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यस्तै जापान सरकारले नेपाल सरकारलाई सिन्धुली( बर्दिवास सडक तेस्रोखण्ड निर्माण आयोजनाका लागि जापानी येन चार अर्ब नौ करोड ६० लाख र सोही आयोजनाको दोस्रो खण्डको पहिरोप्रभावित क्षेत्रमा रोकथाम गर्न उपलब्ध गराउन लागेको येन ९० करोड १० लाख गरी रु पाँच अर्ब ६७ करोडबराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको छ । सो अनुदान सहायतासम्बन्धी आदानप्रदानपत्रमा नेपाल सरकारका तर्फबाट अर्थसचिवरसहसचिवले हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय समेत गरेको छ ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


