
राष्ट्रपतिसँगको छलफल पछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदैं एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दलहरुसँगको छलफललाई आफूले जारी राखेको जनाउँदै केही दिनभित्रै सहमति कायम हुने विश्वास ब्यक्त गर्नुभयो ।
संविधान निर्माण गर्न नसकी संविधानसभा विघटन भएसँगै सरकारले नयाँ संविधानसभाको निर्वाचनको मिति घोषणा गरेपछि दलहरुबीच दुरी बढेका कारण सहमतिका लागि दबाब दिन राष्ट्रपति यादवले सबै दलका नेताहरुलाई एकै स्थानमा बोलाउँनु भएको हो । वर्तमान सरकार कामचलाउको रुपमा परिणत भइसकेको प्रतिक्रिया दिनुभएका राष्ट्रपति यादवले त्यसपछि भने कुनै प्रतिक्रिया दिनुभएको छैन । सरकार कामचलाउ भइसकेको भन्दै कांग्रेस एमाले लगायतका दलले राष्ट्रपति यादवले सहमतिय सरकारको लागि आव्हान गर्नु पर्ने बताउँदै आएका छन् ।
यस्तै व्यवस्थापिका संसद समेत नभएको अवस्थामा सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी नियन्त्रण लगायत तीनवटा विधेयक अध्यादेशमार्फत जारी नभए मूलुक कालो सूचीमा पर्ने जोखिम बढेपछि राष्ट्रपति यादवले सो बारेमा पनि दलका नेताहरुसँग परामर्श गर्नु भएको राष्ट्रपति कार्यालय श्रोतले जनाएको छ । सरकारले अध्यादेशमार्फत ती विधेयकहरु ल्याउँने तयारी गरेपछि विपक्षी दलहरुले त्यसको विरोध गर्दै आएका छन् । वित्तीय कारोबार पारदर्शी बनाउन तथा अन्तर्राष्ट्रिय जगतमा व्यक्त प्रतिबद्धता पूरा गर्न नेपालले सम्पत्ति शुद्धीकरण, प्रतिआतङ्कवाद सुपुर्दगी एवम् सङ्गठित अपराध निवारण तथा पारस्परिक सहयोगसम्बन्धी कानुन नबनाउँदा कालोसूचीमा पर्ने जोखिम बढेको हो । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को भोलीबाट इटालीको रोममा हुने बैठक अगावै सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक अध्यादेशबाट जारी नभए मुुलुक कालोसूचीमा पर्नेछ ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


