May 25 Saturday, 2013
Site  
प्रधानमन्त्री ब्राजिल प्रस्थान गर्दै
Reported by: N/A

काठमाडौं, ४ असार । बिपक्षी दलको चर्को विरोध र आफ्नै पार्टीको असहमतिकाबीच प्रधानमन्त्री डा. बाबुराम भट्टराई सोमबार ब्राजिलको रियो दि जेनेरियोमा हुने अन्तर्राष्ट्रिय वातावरण तथा दिगो विकाससम्बन्धी सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । 
संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनको निमन्त्रणमा प्रधानमन्त्री भट्टराई अपरान्ह पौने ४ बजे जेट एयरवेज मार्फत भारतको नयाँदिल्ली र दुबई हुँदै त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको हो । काम चलाउ प्रधानमन्त्री विदेश भ्रमणमा जान नहुने विपक्षी कांग्रेस-एमाले लगायतका दलहरुले बिरोध  गर्दै आएका छन भने प्रधानमन्त्री भट्टराईकै दल एकीकृत नेकपा माओवादीले समेत पार्टीको आन्तरिक अवस्था, मूलुकको अवस्था र विपक्षी दलको माग अनुसार विदेश भ्रमणमा नजान निर्देशन दिएको थियो । 
नेपाल एउटा अल्पविकसित देश भएकाले सम्मेलनमा विकास र पर्यावरणीय समस्या मुखरित गर्ने महत्वपूर्ण अवसर भएकोले मूलुकमा देखिएको विशम परिस्थितीका बाबजुत प्रधानमन्त्री भट्टराई त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिनुभयो । विश्वमा देखिएको वातावरणीय समस्या समाधान गर्नको निम्ति संयुक्त राष्ट्रसङ्घको तत्वावधानमा आयोजना हुने उक्त सम्मेलनमा विश्वका झण्डै एक सय ५०  देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखले भाग लिने छन् । बीस वर्ष पहिले ब्राजिलमा नै विश्व वातावरण सम्मेलन भएको थियो । उक्त सम्मेलनले जलवायु परिवर्तनले भयावह स्थितिबाट उन्मुक्ति पाउनका लागि विकसित र अल्पविकसित देशका सरकार र जनताले कस्तो नीति लिनुपर्छ भन्ने विषयमा घोषणापत्र तयार पारेको थियो । 
नेपाल अतिकम विकसित देशहरुको समूहको अध्यक्ष रहेको छ । अतिकम विकसित देशहरुको सरकार र राष्ट्रप्रमुखहरुको बैठक नेपालकै आयोजनामा त्यहाँ हुनेछ । बैठककोे अध्यक्षता प्रधानमन्त्री भट्टराईले गर्नु हुने कार्यक्रम रहेको छ । नेपालकै आयोजनामा सो बैठक आयोजना हुने हुँदा बैठकको अध्यक्षता गर्नका लागि पनि प्रधानमन्त्री सम्मेलनमा जान लाग्नुभएको बताइएको छ । 
यता बैठकमा प्रधानमन्त्रीको अनुपस्थित हुनु भनेको अतिकम विकसित राष्ट्रको अध्यक्षको हैसियतले निर्वाह गर्नुपर्ने जिम्मेवारी र अन्तर्राष्ट्रिय दायित्वबाट विमुख भएको देखिने हँुदा पनि सम्मेलनमा भाग लिन अपरिहार्य रहेकोले प्रधानमन्त्री बैठकमा जान लाग्नु भएको  स्वकीय सचिव पाण्डले स्पष्ट पार्नुभएको छ । 
यस्तै उच्च पहाडी देशहरुका समस्याका बारेमा पनि अर्को भेला त्यहाँ हुनेछ । विश्वमै उच्च पहाड रहेको देश नेपाल भएको हुँदा नेपालको सहभागिता सो भेलामा महत्वपूर्ण रहने छ । सो भेला नेपाल, स्वीजरल्याण्ड र पेरुको संयुक्त आयोजनामा हुने छ । भेलाको सह–अध्यक्षता नेपालले गर्नेछ । साथै प्रधानमन्त्री भट्टराईले ब्राजिलमा जलविद्युत् परियोजनाको पनि अवलोकन गर्नुहुनेछ । यसैगरी उहाँले विभिन्न देशका राष्ट्रप्रमुखसँग भेटघाट गर्ने कार्यक्रम पनि तय भएको छ ।
यसैबीच सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका कांग्रेस-एमाले लगायतका विपक्षी दलहरुले प्रधानमन्त्रीको विदेश भ्रमणको विरोध गर्दै सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल घेराउ गर्ने भएका छन् । मूलुकलाई संकटपूर्ण घडीमा छोडेर प्रधानमन्त्री विदेश भ्रमणमा जानु अत्यन्त आपत्तीजनक कुरा भएको भन्दै प्रधानमन्त्री भट्टराई ब्राजिल प्रस्थान गर्ने समयमा विमानस्थल घेराउ गर्ने कार्यक्रम ती दलहरुले यसअघि नै घोषणा गरिसकेका छन् । प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने नभए सडकबाटै प्रधानमन्त्रीलाई हटाउँने उद्घोष गरेका उनीहरुले मंगलबारबाट सुरु हुने गरी २० दिने आन्दोलनको घोषणा गरेका छन् ।
 
   
News Feedback
Name
Email
Address
Comment
   

Category: Main News
35.   भाँडियो सहमति    (2013-03-08)
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank