
यस्तै प्रतियोगिता अन्तर्गत आइतबार रातीनै भएको अर्को खेलमा पोर्चुगलले नेदरल्याण्डसलाई २-१ गोल अन्तरले नै पराजित गरेको छ । पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए । उनले खेलको २८ औं र ७४ औं मिनेटमा गोल गरेका थिए । राफेल भान डेर भार्टले खेलको ११ औं मिनेटमै पहिलो गोल गर्दै नेदरल्याण्डसलाई अग्रता दिलाएपनि त्यो जीतका लागि पर्याप्त भएन । पोर्चुगलले अब क्वाटर फाइनलमा चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्नेछ । नेदरल्याण्डस भने सबै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिता अन्तर्गत सोमबारपनि दुईवटा खेलहरु हुँदैछन् । सोमबार हुने खेलमा क्रोएशिया र स्पेन तथा आयरल्याण्ड र इटाली भिड्नेछन् । दुवै खेल मध्यराती साढे १२ बजेपछि हुनेछन् ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


