June 20 Thursday, 2013
Site  
वैद्य पक्षले नेकपा, माओवादी घोषणा गर्दै
Reported by: N/A

काठमाडौं, ५ असार । एकीकृत नेकपा माओबादीको संस्थापन पक्षसंग सम्वन्ध विच्छेदको घोषणा गरेको उपाध्यक्ष मोहन वैद्य किरण समुहले मंगलबार नयां पार्टीको औपचारिक घोषणा गर्दैछ । नयां पार्टीको घोषणा तथा आगामी कार्यदिशावारे जानकारी गराउन मंगलबार दिउंसो एक वजे राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको स्थायी कमिटी सदस्य नेत्रविक्रम चन्द विप्लवले जानकारी दिनुभयो । वैद्य समूहको सोमबार राजधानीमा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले नयां पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी, माओबादी राख्ने प्रस्ताव पारित गरेको थियो । भेलाले वैद्यको नेतृत्वमा ४४ सदस्यीय केन्द्रीय समिति चयन पनि गरेको छ । महासचिवमा रामबहादुर थापा, सचिवमा सिपी गजुरेल, स्थायी समिति सदस्यमा नेत्रविक्रम चन्द र देव गुरुङ रहनुभएको छ । बांकी सदस्यको चयन पार्टीको आगामी केन्द्रीय समिति वैठकवाट गरिने विप्लवले जानकारी दिनुभयो । भेलाले ‘जनयुद्धको जगमा जनविद्रोह’ को कार्यदिशा पारित गरेको छ । पार्टीले पार्टी विभाजन भए पनि एकीकृत नेकपा माओवादीले अहिलेको संशोधनवादी कार्यदिशा परित्याग गरेमा एकताका लागि पहल जारी राख्ने निर्णयसमेत गरेको छ । यसैबीच, पार्टी विभाजनसंगै कोटेश्वरस्थित केन्द्रीय कार्यालय कसको रहने भन्ने अन्योल देखिउको छ । वैद्य पक्षमा लागेका उद्योग व्यापार संघका अध्यक्ष शिव कट्टेलको नाममा कोटेश्वरस्थित कार्यालय भएकाले उक्त कार्यालय वैद्य पक्षले लिन सक्ने वताइएको छ । पार्टी कार्यालय किन्दा एक सहकारीबाट लिएको एक करोड भन्दा बढी ऋण पनि कट्टेलकै नाममा छ ।
 
   
News Feedback
Name
Email
Address
Comment
   

Category: Main News
35.   भाँडियो सहमति    (2013-03-08)
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank