राजविराज, ६ असार । राजविराज ९ स्थित लिटिल फ्लावर माध्यमिक विद्यालयको छात्रावासमा बस्दै आएका तीन विद्यार्थी एक सातादेखि बेपत्ता छन् । कक्षा ७ मा पढिरहेका को बर्साइन २ निवासी १४ वर्षीय विजयविक्रम शर्मा, कक्षा ८ मा अध्ययनरत अर्नाहा ८ निवासी १३ वर्षीय सतीशचन्द्र साह र कक्षा ८ मा पढिरहेका सकरपुरा ९ निवासी १५ वर्षीय आकाश साह गत जेठ ३१ गते राति १० बजेदेखि हराएको विद्यालयले जनाएको छ । अन्य विद्यार्थी टेलिभिजन हेरिरहेको मौका छोपी साथीहरुको बाकसबाट पैसा निकालेर आफ्नो समानसहित उनीहरु छात्रावास भवनको छतबाट हाम्फालेर भागेको विद्यालयका प्राचार्य नन्दलाल आचार्यले जानकारी दिनुभयो । सबैतिर खोजी गर्दा फेला नपरेपछि विद्यालय र आफन्तले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका छन् ।
उनीहरुले छात्रावासमा सँगै बस्दै आएका साथीहरु विजय मण्डलको बाकसबाट चार हजार २ सय ८० रुपैंया, हेमनारायण पण्डितको बाकसबाट ६ सय ७० रुपैंया र रुपेश मण्डलको १ सय ६० रुपैंया लिएर भागेको विद्यार्थीले बताएका छन् । विजयविक्रमका बुवा देवरामले सबै आफन्तकहाँ खोजी गरेपनि उनीहरु कतै फेला नपरेको बताउनुभयो ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


