
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले गैरसरकारी क्षेत्रलाई लोकतान्त्रिक पद्धति र विधिअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले मुलुकमा विदेशी दातृ निकायले विभिन्न जातजातिको अनुसन्धान र विश्लेषण गर्ने नाममा जातजातिबीचमा फुटको राजनीति गर्ने परम्परालाई अगाडि बढाएकाले त्यसतर्फ चनाखो हुनुपर्ने बताउनुभयो । फेडेनका अध्यक्ष डा बालगोपाल वैद्यले गैरसरकारी संस्थाका कार्यक्रमको समीक्षा, भावी रणनीति निर्माण, गैरसरकारी संस्थाको सबलीकरण र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत जाने कार्यक्रमका बारेमा स्पष्ट कार्यदिशा तय गर्न भेलाको आयोजना गरिएको जानकारी दिनुभयो । कार्यक्रममा फेडेनका केन्द्रीय सदस्य रमेश धमला, तुलसालता अमात्य, अशोक योगीलगायतले तल्लो तहमा सेवा प्रवाह गर्ने अवस्था अहिले न्यून रहेको अवस्थामा पार्टीगतरुपमा गैरसरकारी संस्था सञ्चालन गर्न नहुनेमा जोड दिनुभएको थियो । भेलामा फेडेनअन्तर्गतका ६० भन्दा बढी जिल्लाका प्रतिनिधिको सहभागिता छ ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


