June 19 Wednesday, 2013
Site  
आठ महिनादेखि चुनढुङ्गा उत्खननमा विवाद कायमै
Reported by: N/A
अर्घाखाँची, १६ असार । अर्घाखाँचीको नरपानी गाविसमा रहेको चुनढुङ्गा पुनः सञ्चालनमा ल्याउने विषयमा स्थानीय बासिन्दा दुई पक्षमा विभाजित भएका छन् । एकथरी सदाका लागि उद्योग बन्द हुनुपर्छ भन्नेमा छन् भने अर्काे एक समूह खुलाउनुपर्छ भन्ने पक्षमा देखिएका छन् । जिल्ला प्रशासन कार्यालयले चुनुढुङ्गगा उत्खनन सम्बन्धमा हालै नरपानीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा यस्तो विवाद देखिएको हो । खानी उत्खननले खानेपानीका मुहान सुकेको भन्दै विगत आठ महिनादेखि स्थानीय बासिन्दाले उत्खनन कार्य ठप्प पार्दै आएका छन् । विगत ६ वर्षदेखि चुनढुङ्गा उत्खनन गर्दै आएको डाइनेस्टिक कम्पनीले १३ वर्षअगाडि आठबँुदे सहमति गरी यहाँबाट कपिलवस्तुमा चुनढुङ्गा पु¥याउँदै आएको थियो ।
विसं. २०५५ मा गरेको आठबँुदे सहमतिको कुनै पनि बुँदा राम्रोसँग कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले खानी बन्द गरेका हुन् । कम्पनीले हालसम्म सम्झौताअनुसार काम नगरेकाले सदाका लागि चुनढुङ्गा बन्द गरिएको सङ्घर्ष समितिका सचिव हुमबहादुर पहराईले बताए । कम्पनी पटकपटक सहमतिअनुसार काम गर्छु भन्छ तर कहिल्यै गरेन, पहराईले भने–‘त्यसलै कम्पनीसँग अब सम्झौता पनि हुँदैन, खानी खुल्दा पनि खुल्दैन ।’ स्थानीय सुरेन्द्र बेल्वासेले भने राज्यको दायरमा रहेर कम्पनीले आफ्नो काम गर्न पाउनुपर्ने बताए । चुनढुङ्गामा राजनीति गरेर स्थानीय जनताबीच भिडन्त आउने स्थिति नबनाई सबै पक्षको सहमतिमा अगाडि बढाउनुपर्ने माओवादीका जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का बताउँछन् । खानी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको समस्यालाई समाधान गरी खानीको प्रक्रिया अगाडि बढाउनुपर्ने नेपाली कांग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसालको भनाइ छ ।

   
News Feedback
Name
Email
Address
Comment
   

Category: news
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank