May 24 Friday, 2013
Site  
आज गुरुपुर्णिमा, गुरुबाट आर्शिवाद लिने क्रम जारी
Reported by: N/A
काठमाडौं, १९ असार । गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै मंगलबार गुरूपूर्णिमा मनाइँदैछ । प्राचीनकालको गुरुकुल शिक्षाबाट सुरु भएको यस पर्वमा विद्यार्थीहरुले आफूलाई विद्या, विनय र शिष्टता प्रदान गर्न औपचारिक तथा अनौपचारिक रुपमा भूमिका निर्वाह गर्ने गुरुलाई सम्मान गर्ने परम्परा चलिआएको छ । आफ्ना गुरुहरुलाई उपहार दिने वा भेटेर मंगलबारको दिन सम्मान प्रकट गर्ने परम्परा भए पनि पछिल्ला वर्र्षहरुमा भने विद्यार्थी र गुरुबीचको सम्वन्धको महत्व घट्दै गएको छ । गुरुले आफ्ना शिष्यलाई अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी उज्यालोतर्फ लाने भएकाले विद्यार्थीले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरूबाट आशीर्वाद थाप्ने चलन छ । यस्तै मंगलबारका दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नुका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ । द्वापरयुगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूर्णिमा अर्थात् मंगलबारकै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो । चारैवेद, अठार पुराण, भागवतगीताको सम्पादन मंगलबारकै दिनमा समाप्त गरी वेदव्यासले आफ्ना शिष्यलाई दर्शन दिएकाले मंगलबारका दिनलाई गुरूपूर्णिमाका दिनमा मनाउने परम्परा बसेको हो ।
हिन्दू धर्मावलम्बी महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरुषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरूपूर्णिमाका रूपमा मनाउँछन् । सिद्धार्थ गौतमले आफ्नो ज्ञानको पहिलो उपदेश मंगलबारकै दिन दिनुभएकाले यस दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने गर्दैआएका छन् ।
 
   
News Feedback
Name
Email
Address
Comment
   

Category: news
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank