May 24 Friday, 2013
Site  
व्यवसायीद्वारा राजमार्गमै दुई घन्टा धर्ना
Reported by: N/A
सिरहा, २२ असार । विभिन्न तीनसूत्रीय माग राखी उद्योग वाणिज्य सङ्घ सिरहासँग आबद्ध व्यवसायीले लहानस्थित पूर्वपश्चिम राजमार्गमा दुई घन्टा धर्ना दिएका छन् । लहानस्थित होटल विशालका सञ्चालक र होटलमा वास बसेका पाहुनालाई समेत प्रहरीले कुटपिट गरेको आरोप लगाउँदै व्यवसायी आन्दोलित भएका छन् । राजमार्ग बन्द गराउन खोज्ने क्रममा बसमा ढुङ्गा हानेको भन्दै एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।  होटलका सञ्चालक र वास बसेका पाहुनालाई कुटपिट गर्ने प्रहरीलाई निलम्बन गर्नुपर्ने, खोसिएको सुनको सिक्री र औँठी, रु पाँच लाख फिर्ता गर्नुपर्ने र घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने व्यवसायीको माग छ । सङ्घको आवह्वानमा लहान बजार बिहीबारदेखि नै पूर्ण रूपमा बन्द छ  । माग पूरा नभएसम्म बजार बन्द रहने सङ्घका जिल्ला अध्यक्ष सुनिल महतोले जानकारी दिनुभयो । बजार बन्द भएपछि बजारमा चहलपहल कम भएको छ ।
बुधबार राति होटल विशालमा प्रहरी सादा पोसाकमा छापा मार्न गएपछि विवाद भएको थियो । छापा मार्न नदिइएपछि भएको विवादपछि आक्रोशित प्रहरीले होटलका सञ्चालक सुनिल साह, होटल मालिक तथा सङ्घका पूर्व जिल्लाअध्यक्ष निरस चौधरी र  निर्माण व्यवसायी सङ्घका जिल्ला अध्यक्ष विशाल साहलाई  कुटपिट गरेको व्यवसायीको आरोप छ । सिरहाका प्रहरी प्रमुख राजेशलाल कर्णले अपराधी होटलमा वास बसेको सुराक पाएपछि छापा मार्न पठाइएका प्रहरीमाथि नै होटल सञ्चालकले पहिले आक्रमण गरेको आरोप लगाउनुभयो । उहाँका अनुसार, होटलअगाडिबाट ज२प ९००५ नम्बरको बेवारिसे मोटरसाइकलसमेत बरामद भएको छ र अपराधीलाई होटल सञ्चालक नै भगाएको छ ।
 
   
News Feedback
Name
Email
Address
Comment
   

Category: news
Voting Booth

संविधानसभाको चुनाव होला ?

eNewsLetter [ Suscribe Now ]
Message Board [ New Message ]

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

subi

thnx nepaleenews.com

hi mero man,

how r u man.k gardai 6au?sorry maile tmlai dharai dukha deya and u lai dharai hurt gare tesko lage i m very very sorry.i miss u and i love u so much.happy Holi Sumira

Ram

Karnel Gaddafi jasto krur ra manavadhikar hanan garne aparadi lai nepaleenews.com le tapai bhanera samman nagareko bhaye ramro hunthiyo ki? garnu bhayeko 6 bhannu ko sato gare ka 6an bhanda kaso hola?

Science & Technology
यस्तो छ एप्पलको आइवाच
  • क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।

Ariticle
हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्
  • जेबी पुन मगर
    केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।

Literature
राजधानीमा हिन्दी सम्मेलन जारी
  • काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

Money Exchange


Source: Nepal Investment Bank