रसुवा, ९ साउन । दक्षिणी रसुवाको यार्सा गाविसस्थित लाङ्बु र थाङदोरबीच छुपारखोलाको झोलुङ्गेपुल बाढीले बगाउँदा ग्रामीणवासीको आवतजावत अवरुद्ध भएको छ ।
काठमाडौं, ९ साउन । भारत आसामको कोक्राझार र चिरागमा जातीय हिंसा भड्कीएपछि हजारौं सर्वसाधारण घर छाडेर भागेका छन् । जातीय हिंसामा परी अहिले सम्म १९ जना मारिएका छन भने ८ जना घाइते भएका छन् ।
खोटाङ, ९ साउन । वर्षाको भलले कल्भर्ट थुनिएर धावनमार्गमाथिबाट बगेको भलपानीको कटानका कारण खोटाङको खानीडाँडा विमानस्थल पहिरोको जोखिममा परेको छ ।
काठमाडौं, ९ साउन । मंगलबार श्रावण शुक्ल पञ्चमी अर्थात मंगलबार नागपञ्चमी हिन्दुहरुले परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरी मनाउँदैछन् । नागलाई पानी र वर्षाका देवता, जुन घरमा नागको वास हुन्छ त्यँहा लक्ष्मीको वासहुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन रहेको मानिन्छ ।
चलचित्र निर्देशक ज्ञानेन्द्र देउजा ले बिष सेवन गरि आत्महत्याको प्रयास गरेका छन,काठमांडूको कपन स्थित जगडोल जंगलमा देउजाले हिजो सोमबार दिउसो रेड्बुलमा बिष मिसाएर पिएको बताइएको छ,बिष पिएर अचेत अवस्थामा रहेका देउजालाई उपचारका लागि जोरपाटी स्थित नेपाल मेडिकल कलेज पुर्याइएको छ,
काठमाडौं, ८ साउन । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकासले विप्पा सहितका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरेका राष्ट्रिय स्वाधिनतामा असर पार्ने सबै सन्धी सम्झौता सच्याइन पर्ने बताउँनु भएको छ । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा श्रेष्ठले पार्टी र सरकारभित्र पनि आफू र प्रधानमन्त्री भट्टराईवीच ती विषयमा गंभिर मतभेद रहेको जानकारी दिदै विप्पा सम्झौताको विषयमा आफूले मन्त्री परिषदको बैठक र भारतीय प्रधानमन्त्री डा. मनमोहन सिहंसँगको दुई पक्षीय वार्तामा समेत असहमति प्रकट गरिसकेको स्पष्ट पार्नुभयो ।
भद्रपुर, ७ साउन । आन्तरिक राजस्व कार्यालय, भद्रपुर निर्धारित लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्नुका साथै अन्य क्रियाकलापमा पनि कार्यसम्पादन परिसूचकहरू प्राप्त गरेका आधारमा उत्कृष्ट कार्यालयको श्रेणीमा परेको छ ।
काठमाडौं, ८ साउन । महानगरीय ट्राफिक प्रहरीद्वारा सञ्चालनमा ल्याइएको मेट्रो ट्राफिक एफएम ९५ दशमलव ६ मेघाहर्जको सोमबार उद्घाटन गरिएको छ ।
कीर्तिपुर, ८ साउन । प्रथम जननिर्वाचि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३० औं स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले सोमबार त्रिभुवन विश्वविद्यालयको हातामा वृक्षरोपण गरेको छ ।
काठमाडौं, ८ साउन । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले अब बन्ने सहमतीय सरकारका लागि नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ । उहाँले कांग्रेस तयार नभए एमालेलाई सरकारको नेतृत्वका लागि सहयोग गर्नुपर्ने समेत बताउँनु भयो । युवा सङ्घ नेपालको आइतबार देखि सुरु भएको दोस्रो राष्ट्रिय सम्मेलनको बन्द सत्रलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष खनालले वर्तमान सरकारले सत्ता छाडेर दलहरूका बीचमा राष्ट्रिय सहमतीय सरकारको ढोका खोल्नुपर्ने समेत बताउँनु भयो ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


