काठमाडौं, ५ साउन । पुराना कलाकार हरिकृष्ण दर्शनधारीको शुक्रबार उपचारका क्रममा निधन भएको छ । मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि लामोसमयसम्म कलाकारिताका माध्यमबाट सङ्घर्ष गर्दै आउनुभएका दर्शनधारीको ६८ वर्षको उमेरमा काठमाडौं मोडल अस्पतालमा शुक्रबार बिहान निधन भएको हो ।
रुकुम, ५ साउन । पन्ध्र लाखभन्दा बढी नगद लुटपाट गरेको अभियोगमा प्रहरीले रुकुमको गोतामकोटबाट तीनजना युवालाई पक्राउ गरेको छ ।
नवलपरासी, ५ साउन । नवलपरासीको सीमावर्ती महेशपुर हुँदै बेचबिखनका लागि भारततर्फ लैजाँदै गरिएका तीन महिलालाई माइती नेपालको टोलीले उद्धार गरेको छ ।
सङ्खुवासभा, ५ साउन । जिल्लाको एकमात्र राष्ट्रिय निकुञ्ज मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाइने यार्सागुम्बाको चोरी निकासी तथा अवैध कारोबार तीव्र रूपमा बढेको छ ।
भक्तपुर, ५ साउन । पर्यटकीय नगरका रूपमा परिचित भक्तपुर नगरपालिकामा आर्थिक वर्ष २०६८/०६९ मा हालसम्म कै बढी पर्यटक आएका छन् । भक्तपुर अवलोकन गर्न आउने विदेशी पर्यटकसँग विसं २०५० देखि पर्यटक शूल्क उठाउन थालेको नगरपालिकाले त्यसपछि अहिले सम्मकै बढी अर्थात् २० प्रतिशतभन्दा बढी पर्यटक आएको भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा जनाइएको छ ।
सिरहा, ४ साउन । वर्षाको पानीले लहान नगरपालिका ४ स्थित २० घर डुबानमा परेका छन् । नगरपालिकाले ढल निकासीको व्यवस्थापन गर्न नसक्दा घर डुबानमा परेका हुन् ।
विराटनगर, ४ साउन । सीमा सुरक्षा सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा भन्सार नतिरी ल्याएका लाखौँ मूल्यका विभिन्न होजियारी, सर्ट र खाद्यान्न सामान बरामद गरेको छ ।
काठमाडौं, ४ साउन । एकीकृत नेकपा माओवादीका पूर्व लडाकुहरुले शिबिरभित्रको आर्थिक हिसाब पारदर्शी हुनुपर्ने माग गरेपछि त्यसको छानविनका लागि आयोग बनाइने भएको छ । एकीकृत माओवादीको बिहीबार बिहान अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको स्थायी समितिको बैठकले लडाकुको माग सम्बोधन गर्न आयोग बनाउने निर्णय गरेको हो ।
बर्दिया, ४ साउन । बर्दियामा पानी जमेको खाल्डोमा डुवेर ३ जना बालिकाको मृत्यु भएको छ । दिनभर खेतमा धान रोपी खेत नजिकै रहेको ईट्टा भट्टाको खाल्डोमा नुहाउन गएका धधवार ६ वनगाई बर्दियाका ३ बालिकाको मृत्यु भएको हो ।
नुवाकोट, ४ साउन । नुवाकोट जिल्लाको शिखरबेसी गाउँ विकास समितिमा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


