दैलेख, २७ असार । खाद्यान्न उत्पादनको हिसाबले जिल्लाका १८ गाविस खाद्यान्न जोखिममा छन् । जिल्लाका रुम, काँसिकाँध, जबमुकाँध, कट्टी, चमुण्डा, मेहलतोलीलगायतका गाविसमा खाद्यान्न समस्या भएको जिल्ला कृषि विकास कार्यालय दैलेखको तथ्याङ्कमा उल्लेख छ ।
काठमाडौं, २७ असार । एकीकृत नेकपा माओवादी र नेकपा-माओवादीले पार्टी कार्यालय लगायत विभिन्न विषयमा सहमति खोज्न कार्यदल बनाएका छन् ।
ललितपुर, २७ असार । ललितपुरको सुन्दरीघाटमा सुकुम्वासी राख्ने बिरोधमा उत्रेका स्थानीयवासिन्दाले बुधबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।
काठमाडौं । नेपाली चलचित्र ‘सुनगाभा’ जर्मनीको ह्याम्बर्ग चलचित्र महोत्सवमा प्रिमियर हुने भएको छ। २० औं संस्करणको महोत्सवमा छनौट भएको यस चलचित्रको वल्र्ड प्रिमियर पनि त्यही हुने भएको हो।
दाङ, २७ असार । दाङ र रोल्पाका दुई विद्यालयमा दैनिकजसो छात्राहरु बेहोस हुन थालेपछि पठनपाठन प्रभावित बनेको छ ।
नवलपरासी, २७ असार । नवलपरासीको एकमात्र पहाडी सडकखण्ड दलदले-बुलिङटार विगत १५ दिनदेखि अवरुद्ध हुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् ।
काठमाडौं, २७ असार । प्रजनन स्वास्थ्य सेवामा विश्वव्यापी पहुँच भन्ने नाराका साथ विश्व जनसंख्या दिवश बुधबारविभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईंदैछ । विश्वभरको जनसंख्या र त्यसको आवश्यकताका बारेमा चासो दिंदै हरेक वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवश मनाउने गरिएको छ ।
महोत्तरी, २६ असार । महोत्तरीको धमौराबाट गएराति प्रहरीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।
धादिङ, २६ असार । उत्तरी धादिङको बुढाथुम २ आमबोटेमा एक महिलाको खोलाले बगाएर मृत्यु भएको छ ।
काठमाडौं, २६ असार । विकसित पछिल्लो राजनीतिक घटनाक्रम, आगामी आर्थिक वर्षको बजेट लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराइले मंगलबार बोलाउँनु भएको सर्वदलिय बैठक कांग्रेस-एमाले लगायतका विपक्षी दलहरुले बहिष्कार गरेका छन् ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


