काठमाडौं । छैठौ नेपाल अन्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सव २०५९ मा अघिल्लो बर्षको विजेता लुनिभा तुलाधार सहित आठ नेवारी चलचित्र पनि प्रदर्शन गरिने भएको छ। शनिवार राजधानीस्थित ‘इन्डिजिनियस फिल्म अर्काईभ (आइफा) को कार्यालयमा अयोजना भएको पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार आउदो २८ देखि ३१ असारसम्म चल्ने फेस्टिवलमा ति चलचित्रहरु प्रिमियरगरि प्रदर्शन गरिने भएको हो।
काठमाडौं, १० असार । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल अचानक अस्वस्थ हुनु भएको छ ।
भक्तपुर, १० असार । अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको भातेढिकुरमा आइतबार बिहान बस र ट्रिपर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन् ।
काठमाडौं, १० असार । राष्ट्रपति डा. रामवरण यादवसँग एकीकृत नेकपा माओवादीबाट भर्खरै विभाजित भएर गठन भएको नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले भेटवार्ता गर्नुभएको छ । राष्ट्रिपति निवास शीतल निवासमा आइतबार भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो ।
सोलुखुम्बु, १० असार । सरकारले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमणमा आउने पर्यटकहरुको प्रवेश शुल्क बढाएको छ । सरकारले हिमाली राष्ट्रिय निकुञ्ज नियमावलि २०३६ ले दिएको अधिकार प्रयोग गर्दै नयाँ पर्यटन दस्तुर कायम गरेको हो ।
उदयपुर, १० असार । देशको सबैभन्दा ठूलो उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योग फेरि कोइला अभावको बहनामा बन्द भएको छ । केही दिनअघिसम्म मिलको मेसिन बिग्रेको कारण दस दिनभन्दा बढी सिमेन्ट उद्योग बन्द भएको थियो ।
काठमाडौं, १० असार । इजिप्टको निर्वाचन आयोगले गत आइतबार सम्पन्न राष्ट्रपति निर्वाचनको परिणाम आइतबार सार्वजानिक गर्र्दैछ । आइतबार जसरी भएपनि परिणाम सार्वजानिक गर्ने तयारी भएको त्यहाका निर्वाचन आयुक्तले बताएका छन् ।
काठमाडौं, १० असार । स्पेन युरो कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । शनिबार राती भएको तेश्रो क्वाटर फाइनल खेलमा फ्रान्सलाई २-० गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । स्पेनलाई जित दिलाउँन जाबी अलान्सोले दुवै गोल गरेका थिए ।
ताप्लेजुङ, १० असार । ताप्लेजुङको सावाखोलामा आएको बाढीले तीनजनालाई बगाएको छ ।
काठमाडौं, १० असार । वर्षा तथा सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आइतबार ललितपुरको जावलाखेलमा देखाइँदैछ । राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति डा. रामवरण यादव, सवैधानिक अङगका प्रमुख, मन्त्रीगण लगायतका विशिष्ट अतिथि भोटो अवलोकनका लागी साँझ ५ बजे जावलाखेल जानुहुने कार्यक्रम रहेको छ ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


