काठमाडौं, १४ जेठ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित प्रमुख चार राजनीतिक दलको शीर्ष नेताहरूको शनिबार राति अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक पनि बिनानिष्कर्ष टुङ्गिएको छ । प्रमुख राजनीतिक दलहरूबीच खासगरी सङ्घीयताको विषयमा सहमति कायम गर्न नसकेर वार्ता विफल भएको घोषणा भएलगत्तै पुनः बसेको बैठकमा पनि कुनै सहमति हुन सकेन ।
वीरगन्ज, १३ जेठ । वीरगन्जको पावरहाउस चोकमा सडक अवरुद्ध गरी बसेका बृहत् मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले शनिबार बिहान नियन्त्रणमा लिएको छ ।
विराटनगर, १३ जेठ । बृहत् मधेसी मोर्चाद्वारा स्वायत्त मधेस एक प्रदेशको माग गर्दै अनिश्चितकालीन बन्दको शनिबार नवौँ दिन पनि तराई बन्दले यहाँको जनजीवन झन् प्रभावित एवम् कष्टकर बनेको छ ।
काठमाडौं, १३ जेठ । संविधान जारी गर्ने समय अब केही घण्टामात्रै बाँकी रहँदा राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
काठमाडौँ, १३ जेठ । प्रमुख दुई दल एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेस तथा लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित बैठक पुनः बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो बैठकमा नेकपा एमालेका नेताहरु भने उपस्थित भएनन् ।
काठमाडौं । नेपाली सेनाका उच्च तहमा कार्यरत १३ जनाको सयुक्त प्रयासमा क्याम्प फायर नामक एल्वम भर्खरै सार्वजानिक भएको छ। बर्दिका सर्जकको प्रस्तुती नाम दिएर सार्वजानिक गरेको एल्वममा १२ वटा गीतहरु समेटिएका छन्।
काठमाडौं, १३ जेठ । पत्रकार कृष्णसेन इच्छुकको स्मृति दिवसका अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।
काठमाडौं, १३ जेठ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अध्यक्षतामा शनिबार बालुवाटारमा बसेको लगानी बोर्डको बैठकले लगानी बोर्डसम्बन्धी नियमावली पारित गरेको छ ।
काठमाडौं, १३ जेठ । नेकपा एमालेले भावी संविधान निर्माणका क्रममा मिल्न नसकेका विवादित बिषयहरुको टुंगो रुपान्तरित संसदले नै गर्नुपर्ने निष्कर्ष निकालेको छ । एमाले संसदीय दलको शनिबार बिहान सिंहदरवारमा बसेको बैठकल यसअघिको आफ्नो पुरानै अडानलाई यथावत राख्ने निणय गरेको हो ।
काठमाडौं, १३ जेठ । भावी संविधान जारी गर्न दुई दिनमात्र बाँकी रहेको अबस्थामा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू बिबादीत बिषयमा सहमती कायम गर्न शनिबार बिहान देखि आन्तरिक, दुई पक्षिय र बहुपक्षिय छलफलमा जुटेका छन । यस क्रममा मधेशी मोर्चा सहित प्रमुख चार दलको निर्णायक बैठक बस्दैछ ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


