काठमाडौं, १० जेठ । दिल्ली डेयर डेभिल्सलाई १८ रनले पराजित गर्दै कोलकोत्ता नाइट राइर्डस इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जितसँगै कोलकोत्ता आईपिएलको फाइनलमा पुग्ने पहिलो टिम समेत बनेको छ ।
काठमाडौं, १० जेठ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभाको म्याद थपकालागी प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा दिनुपर्ने सर्त अगाडि सार्नु भएको छ ।
काठमाडौं, १० जेठ । राष्ट्रपति डा रामवरण यादव र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा बुधबार भएको भेटमा उहाँहरूबीच मुलुकको समसामयिक राजनीतिक अवस्था र दलहरुद्वारा संविधानसभाको म्याद थपका लागि भएको सहमति र म्याद थपपछिको अवस्थाबारे कुराकानी भएको थियो ।
काठमाडौं, १० जेठ । सरकारले संविधान सभाको म्याद थप्ने निर्णय गरेर संविधानको १३ औँ संशोधनको विधेयक दर्ता गरेपछि त्यसप्रति विरोध जनाइआएको नेपाली काँग्रेसले बुधबार साँझ केन्द्रीय समितिको बैठक गरेर त्यसबारे आफ्नो धारणा तय गर्ने भएको छ ।
काठमाडौं, १० जेठ । लगातारको बन्द र आमहडतालका कारण केही दिनदेखि ठप्प रहेका शैक्षिक संस्था बुधबारदेखि खुलेका छन् । बन्द विद्यालय खुलेपछि बालबालिका तथा क्याम्पसका विद्यार्थी बिहान विद्यालयतर्फ लागिरहेका थिए ।
विराटनगर, १० जेठ । बृहत् मधेसी मोर्चाद्वारा स्वायत्त मधेस एक प्रदेशको माग गर्दै आह्वान गरिएको अनिश्चितकालीन तराई बन्दको बुधबार छैटौँ दिन पनि यहाँको जनजीवन प्रभावित एवम् कष्टकर बनेको छ ।
बनेपा, १० जेठ । दनुवार जातिले बुधबार गरेको बन्द आह्वानले काभ्रे र सिन्धुपाल्चोकमा आंशिक प्रभाव परेको छ ।
भद्रपुर, १० जेठ । अरूणपूर्वका नौ जिल्लामा लिम्बुवान राज्य हुनुपर्ने लगायतका माग राखी सङ्घीय लिम्बुवान राज्य परिषद् सञ्जुहाङ पालुङवाङ र सङ्घीय समाजवादी आन्दोलन क्रान्तिकारी राष्ट्रिय परिषद्ले बन्दको आह्वान गरेपछि जनजीवन थप कष्टकर बनेको छ ।
गुल्मी, १० जेठ । गुल्मीको अमरपुर गाविसका महिलाले श्रमदानबाट गोरेटो बाटो मर्मत गरेका छन् ।
काठमाडौं, १० जेठ । सरकार र आदिवासी जनजाति संयुक्त सङ्घर्ष समितिबीच नौबुँदे सहमति भएपछि बुधबारदेखि नेपाल बन्दलगायतका सम्पूर्ण सङ्घर्षका कार्यक्रम स्थगित भएको छ । शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा मंगलबार साँझ ६ बजेदेखि अबेर राति साँढे ११ बजेसम्म जारी बार्तामा आन्दोलनरत् सङ्घर्ष समिति र सरकारी बार्ता टोलीबीच भएको नौबुँदे सहमतिपछि तीन दिनदेखि जारी नेपाल बन्दलगायतका सबै कार्यक्रम फिर्ता भएको हो ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


