काठमाडौं, २५ चैत्र । माओवादी लडाकुको रेखदेख, समायोजन र पुर्नस्थापनासँग सम्बन्धि विशेष समिति अन्तर्गतको सचिवालयका सदस्यहरु शनिबार मूलुकका विभिन्न स्थानमा रहेका लडाकु शिबिरहरुमा पुग्दैछन् । आगामी चैत्र मसान्तभित्र सेना समायोजन प्रक्रियाका काम पूरा गर्ने दलहरुबीच सैद्धान्तिक सहमति भएपछि सो कार्यका लागि लडाकु रहेका शिविरमा सचिवालयका सदस्यहरु गएका हुन् ।
ललितपुर, २४ चैत्र । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सेना समायोजन र शान्ति प्रक्रिया टुङ्गोमा नपु¥याई बन्ने संविधान लोकतान्त्रिक नहुने बताउनुभएको छ । गाउँ विकास समिति कर्मचारी सङ्घ नेपालको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले संविधान निर्माणको पूर्व शर्तका रुपमा नै सेना समायोजन र शान्ति प्रक्रिया रहेकाले यो बिना बन्ने संविधान मान्य नहुने बताउनुभयो ।
काठमाडौं, २४ चैत्र । कैलाली र नेपालगञ्जमा बिहीबार राती भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
काठमाडौं, २४ चैत्र । गैरआवासीय नेपालीको संस्था एनआरआनले विदेशस्थित नेपाली राजदूत र दूतावासले आफूहरूलाई संरक्षकत्व प्रदान गर्नुपर्नेमा जोड दिएको छ ।
काठमाडौं, २४ चैत्र । शान्ति र संविधानका लागि सभासद दवाव समूहले शान्ति चैत्र मसान्तभीत्र शान्ति प्रक्रियाका काम सम्पन्न नभए सघर्षका कार्यक्रम गने भएको छ ।
काठमाडौं, २४ चैत्र । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभा भवन नयाँ बानेश्वरअगाडि सरसफाइ गरेर राष्ट्रिय स्वयंसेवा अभियान २०६८ को शुक्रबार उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्रीले अभियानको उद्घाटन गर्दै करिब पाँच मिनेटसम्म सो क्षेत्रमा झाडु लगाउँनु भएको थियो ।
काठमाडौं, २३ चैत्र । राजधानीमा बिहीबारदेखि नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०१२ सुरु भएको छ । औद्योगीक लगानी वृद्धि गर्न तथा निर्यात प्रवद्र्धनमा उल्लेख्य भुमिका देखाउने उदेश्यले ब्यापार मेलाको आयोजना गरिएको हो । राजधानीको भृकुटीमण्डपमा शुरु भएको मेलाको राष्टपति डा. रामबरण यादबले उद्घाटन गर्नु भएको छ ।
काठमाडौं, २३ चैत्र । राजनीतिक दलहरुबीच आगामी वैशाख ५ गतेसम्म राजनीतिक सहमति नभए त्यसपछि प्रक्रिर्यामा लगेर बिवाद टुंग्याउँने सहमति भएको छ । संविधानसभा कार्यव्यबस्था परामर्श समितिको बिहीबार बसेको बैठकले विबाद समाधानका लागि वैशाख ५ गते सम्मको समयसीमा दिएको कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
काठमाडौं, २३ चैत्र । एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले मित्र राष्ट्र भारतले नेपालको संविधान निर्माण गरिसकेको दाबी गर्नुभएको छ ।
काठमाडौं, २३ चैत्र । सोमालियाको राजधानी मोगादिशुमा एक नबनिर्मित राष्ट्रिय थिएटरमा भएको बम बिष्फोटनमा कम्तीमा १० जनाको मृत्यु भएको छ । घटनामा अन्य थुप्रै घाइते भएका छन ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


