काठमाडौं, ३० फागुन । सभासदहरुले भिसाविना विदेश भ्रमणमा गएर देशको वेइज्यत गराएको आरोप लगाउदै पर्यटनमनत्री लोकेन्द्र विष्टले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन ।
काठमाडौं, ३० फागुन । सीमा सुरक्षा कार्यालय सुनसरी इनरुवाबाट फाइरिङका लागि झापातर्फ जाँदै गरेको सशस्त्र प्रहरीको मिनी ट्रक दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
बिर्तामोड, ३० फागुन । मंगलबार बिहानदेखि पूर्वी क्षेत्रमा भइरहेको वर्षाबाट बालीमा फाइदा पुगेकाले किसान हर्षित छन् । झापा जिल्लाका किसान यतिखेर आआफ्ना खेतमा लगाइएका गहुँबाली, मकैबाली, तरबुजाका साथै तरकारीबारीमा फाइदा पुगेकाले हर्षित भएका हुन् ।
काठमाडौं, ३० फागुन । सिरियामा जारी संघर्षमा मृत्यु हुनेको संख्या आठ हजार नाँघेको छ । संयुक्त राष्ट्रसंघले सार्वजानिक गरेको पछिल्लो तथ्याङ्क अनुसार मृत्यु हुनेहरुमा महिला तथा बालबालिकाहरुको संख्या अत्याधिक रहेको छ ।
काठमाडौं, ३० फागुन । संवैधानिक समितिले संविधान निर्माणमा देखिएका समस्या समाधान गर्नेगरी अझ केही समय समग्रतामा सहमति कायम गर्ने प्रयास गर्न उपयुक्त हुने प्रस्ताव अनुमोदन गरेको छ । समितिको मंगलबार बिहान बसेको बैठकमा विवाद समाधान उपसमितिका संयोजक पुष्पकमल दाहालले समग्रतामा सबै विषयमाथि सहमति कायम गर्न अझै केही समय अन्तिम प्रयास गर्न उपयुक्त हुने विषयमा दलहरूबीच समझदारी भएको जानकारी गराउनु भएपछि समितिले त्यससम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको हो ।
भद्रपुर, ३० फागुन । मेची बहुमुखी क्याम्पसका प्रमुख चिन्तामणि दाहालले क्याम्पस प्रमुखको पदबाट राजीनामा दिनुभएको छ ।
दाङ, ३० फागुन । दाङ जिल्लामा अझै अवैधानिकरुपमा इँटा उद्योग सञ्चालनमा रहेको जिल्ला घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ ।
काठमाडौं, २९ फागुन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले समानताको नाममा नागरिकतामा खुकुलो प्रावधान राख्न नसकिने बताउनु भएको छ । महिला अधिकारको पक्षमा कार्यरत विभिन्न संजालका प्रतिनिधि र संवैधानिक विबाद समाधान उपसमितिका सदस्यहरुबीच भएको छलफलमा नेता नेपलले भूराजनीतिक अबस्थाका कारण नागरिकतामा उदार बन्न नसकिने बताउनु भएको हो ।
काठमाडौं, २९ फागुन । व्यबस्थापिका संसदको विकास समितिले राजधानी काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तार र त्यसमा भइरहेको विरोधवारे सरकारी निकायसंग छलफल गर्ने भएको छ । समितिको सोमबार बसेको बैठकले सडक विस्तार सम्बनधमा आगामी पाँच गते भौतिक योजना तथा निर्माण मन्त्री हृदशय त्रिपाठी लगायत मन्त्रालयका अधिकारी र स्थानिय विकास मन्त्रालयका अधिकारीलाइ समितिमा बोलाएको छ ।
काठमाडौं, २९ फागुन । सरकारले पश्चिम सेती लगायत जलविद्युत आयोजनामा देखिएको समस्याबारे सर्बदलीय छलफल गरेर सहमतिमा पुगिने बताएको छ । मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजनागरी उर्जामन्त्री पोष्टबहादुर बोगटीले पश्चिम सेती, माथिल्लो कर्णाली लगायत राष्ट्रिय गौरवका आयोजनामा देखिएको समस्यावारे प्रधानमन्त्रीले सर्वदलीय बैठक आयोजना गर्नुहुने बताउनु भएको हो ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


