काठमाडौं, १५ फागुन । फिल्मी क्षेत्रको सबैभन्दा ठुलो अवार्ड ओस्कारको ८४ औ संस्करणमा दी आर्टिस्ट उत्कृष्ट फिल्म घोषित भएको छ । उत्कृष्ट फिल्म, निर्देशक, अभिनेतासहित पाँच बिधामा यो फिल्मले उपाधि हात पारेको हो ।
काठमाडौं, १५ फागुन । राजधानीको बबमहलमा रहेको नेपाल आयल निगमको मुख्य कार्यालयको मूल गेटमा सोमबार दिउँसो बम विस्फोट भएको छ । विस्फोटबाट तीन जनाको मृत्य भएको छ । दुई जनाको घट्नास्थलमै र १ जनाको बीर अस्पतालमा मृत्यु भएको हो । थप चार घाइते छन् ।
काठमाडौं, १५ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित २५ जनाको टोलीले सोमबार बिहान माउन्टेन फ्लाइट मार्फत हिम श्रृंखलाहरुको अवलोकन गरेको छ ।
बझाङ, १५ फागुन । सोमबार बिहान सुदूरपश्चिमाञ्चलको सीमा क्षेत्रमा दुईवटा भूकम्प गएका छन् ।
काठमाडौं, १५ फागुन । वरिष्ठ कवि तथा गीतकार भीम विरागको ७७ बर्षको उमेरमा सोमबार बिहान निधन भएको छ ।
काठमाडौं, १५ फागुन । नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लागू हुनेगरी लोडसेडिङ्को समयमा दिनको १ घण्टा कटौती गरेको छ ।
काठमाडौं, १५ फागुन । आन्दोलनरत अस्थायी शिक्षकहरुले सोमबार दोश्रो दिन पनि मुलुकभरका सामुदायिक तथा निजी विद्यालय बन्द गराएका छन । तेश्रो चरणको आन्दोलन अन्तर्गत आइतबार शिक्षा मन्त्रालय अगाडी धर्ना दिन पुगेका शिक्षकहरुमाथि प्रहरीबाट ब्यापक धरपकड भएको भन्दै त्यसको विरोधमा सोमबार पनि बन्द आब्हान गरिएको शैक्षिक गणतान्त्रिक मञ्चका कोषाध्यक्ष दिनेश थापाले जानकारी दिनु भयो ।
काठमाडौं, १४ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संघीयता लगायत मधेशका मुद्दालाइ निस्तेजगर्न फोरम गणतान्त्रिकका अध्यक्ष जयप्रकाशप्रसाद गुप्ता विरुद्धको फैसला आएको आरोप लगाएको छ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिक संसदीय दलको कार्यालय सिंहदरवारमा आइतबार बिहान बसेको मोर्चाको बैठकले राज्यका सम्पूर्ण निकायवाट मधेशमाथी भइरहेको प्रहारको शिलसिलामा गुप्ताको फैसला आएको ठहर गरेको हो ।
काठमाडौं, १४ फागुन । शान्ति र संविधान निर्माण लगायतका विषयमा सहमति खोज्न जिम्मेवारी बाँडफाँड गरेका प्रमुख तीन दलले तीन साता भित्र माओवादी लडाकुका शिबिर खाली गर्ने सहमति गरेका छन् । कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा आइतबार बिहान बसेको प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीना साता भित्र लडाकुका शिबिर खाली गरि समायोजनको प्रक्रिया पुरा गर्ने प्रतिबद्धता सहितको प्रस्ताब प्रस्तुत गर्नु भएको थियो ।
इलाम, १४ फागुन । सभामुख सुवासचन्द्र नेम्बाङले सबै जातजाति, भाषाभाषी अट्न सक्ने खालको संविधान बनाउनुपर्ने बताउनुभएको छ । इलाममा आइतबारबिहान आयोजित एक कार्यक्रममा सभामुख नेम्बाङले सबै भाषा, जाति, धर्म, लिङ्ग, सम्प्रदायलाई मान्य हुने संविधान मुलुकको आवश्यकता भएको पनि बताउनुभयो ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


