सुर्खेत, ११ माघ । नेपालमा अझै पनि २५ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । सबैभन्दा धेरै गरिब मध्य तथा सुदूरपश्चिम विकास क्षेत्रमा छन् ।
काठमाडौं, ११ फागुन । नेपाल भ्रमणमा रहनु भएका जापानका उपविदेशमन्त्री कोरो वेस्होले विहीवार विहान एकिकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नु भएको छ ।
काठमाडौं, ११ फागुन । महानगरिय ट्राफिक महाशाखाले राजधानीका सुन्धारा, भोटाहिटी, रत्नपार्क लगायतका बिभिन्न ठाउँ ठाउमा आकाशे पुलको प्रयोग नगरि सडक पार गर्नेलाई बिहीबार बिहान देखि कारबाही प्रक्रिया सुरु गरेको छ ।
काठमाडौं, ११ फागुन । नेपाल विद्युत प्राधिकरणले बिहीबारदेखि लागू हुनेगरी लोडसेडिङ्को समयमा दिनको १ घण्टा कटौती गरेको छ ।
काठमाडौं, ११ फागुन । खस क्षेत्री एकता समाजले आव्हान गरेको बन्दका कारण बिहीबार पूर्वाञ्चल क्षेत्रको जनजीवन प्रभावित भएको छ । बन्दका कारण पूर्वाञ्चलका सबै १६ जिल्लामा बिहानै देखी सवारीका साधनहरु चल्न सकेका छैनन भने बजार तथा पसलहरु ठप्प रहेका छन् ।
काठमाडौं, ११ फागुन । अबरुद्ध शान्ति प्रक्रिया,संविधान निर्माण तथा राष्टिय सहमतीको सरकार गठन लगायतका बिषयमा सहमति खोज्न प्रमुख तीनदल एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताको बैठक बिहीबार बस्ने भएको छ ।
काठमाडौं, १० फागुन । मधेसी जनअधिकार फोरम गणतान्त्रिकले सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेका पार्टी अध्यक्ष जयप्रकाशप्रसाद गुप्तालाई बुधबार पार्टीबाट पनि निलम्बन गरेको छ । गुप्तालाई अदालतले मंगलबार भ्रष्टचारी ठहर गरेर जेल पठाइसकेको छ ।
बिराटनगर, १० फागुन । मोटरसाइकल दुर्घटनामा परी एकीकृत नेकपा माओवादीका सभासद् सावित्रीकुमार काफ्ले गम्भीर घाइते हुनु भएको छ । धरान ११ चतरा लाइनमा को १ ज ५९७ नम्बरको ल्यान्डरोभर जिपले उहाँ चढेको को १० प ३५८६ नम्बरको मोटरसाइकललाई बुधबार बिहान पछाडिबाट ठक्कर दिएको थियो ।
राजविराज, १९ फागुन । परीक्षामा चिट चोर्न नपाएका कारण सप्तरीको राजविराजमा परीक्षार्थीहरुले बुधबार कलेजमा तोडफोड गरेका छन् ।
कञ्चनपुर, १० फागुन । कञ्चनपुर कारागारका १३ जना कैदी कारागारभित्रै आमरण अनसनमा बसेका छन् ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


