चितवन, ४ फागुन । चितवनको भरतपुर कारागार आक्रमणको मुख्य योजनाकार रहेको आरोपमा चितवन प्रहरीले भरतपुरबाट बिहीबार दिउँसो एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं, ४ फागुन । व्यवस्थापिका संसद, अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिले परिवर्तित सन्दर्भमा नेपालको विदेश नीति प्रतिवेदन २०६८ तयार गरी सार्वजानिक गरेको छ ।
बाग्लुङ, ४ फागुन । नयाँ यातायात व्यवसाय समिति दर्ताको विरोधमा यातायात व्यसायीले तीन दिनदेखि गर्दै आएको धौलागिरी वन्द बिहीबार दिउँसोबाट फिर्ता भएको छ ।
हेटौंडा, ४ फागुन । मजदुर आन्दोलनका कारण बिगत १२ दिनदेखि बन्द रहेको मकवानपुरस्थित युनिलिभर लिमिटेड बिहीबारबाट खुलेको छ । मजदुर र व्यवस्थापन वार्ताका लागि सहमत भएपछि बिहीबार बिहान ६ बजेदेखिनै उद्योग संञ्चालनमा आएको हो । यसअघि बुधबार बाटै उद्योग खोल्दै वार्ता गर्ने सहमति भएको भएपनि माथिल्लो तहको पत्र ढिलो पुगेकाले उद्योग बिहीबारबाट मात्र खुलेको हो ।
दैलेख, ४ फागुन । दैलेखको दक्षिण पूर्वी क्षेत्र बराह गाविसका महिलाले स्वास्थ्य संस्थामा सुत्केरी हुन नजाने महिलालाई एक हजार रुपैयाँ जरिवाना तोकेका छन् ।
काठमाडौं, ४ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित सातदलको बिहीबार बिहान नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले व्यवस्थापिका संसदमा प्रस्तुत छुट्टाछुट्टै तीनवटा विधेयकलाई परिमार्जनसहित पारित गराउन सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।
काठमाडौं, ४ फागुन । संविधानसभाको राज्यपुर्नसंरचना समितिका सदस्यसंग परामर्शगरि राज्यपुर्नसंरचना आयोगको प्रतिवेदन संवैधानिक समितिमा पठाउने सहमति भएको छ ।
काठमाडौं, ४ फागुन । संविधानसभा संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिले आगामी शनिबारदेखी शासकीय स्वरुपका सम्बन्धमा छलफल सुरु गर्ने भएको छ । संविधानसभा सचिवालय सिंहदरवारमा बिहीबार बिहान बसेको बैठकले शासकीय स्वरुपवाट छलफल सुरुगर्ने निर्णय गरेको उपसमिति सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
काठमाडौं, ४ फागुन । पाकिस्तान विरुद्धको दोश्रोे एकदिवसीय क्रिकेटमा पनि इङल्याण्ड विजयी भएको छ । बुधबार सम्पन्न खेलमा पाकिस्तानलाई २० रनले हराउँदै इङल्याण्डले पाकिस्तान विरुद्धको ४ एक दिवसीय क्रिकेट श्रृङ्खलामा २-० को अग्रता लिएको छ ।
सिन्धुपाल्चोक, ४ फागुन । सीमामा इन्स्पेक्टर विश्व कार्कीको सरुवा माग्दै स्थानीय व्यवसायीद्धारा चार दिनदेखि बन्द नेपाल चीनको सीमा नाका सिन्धुपाल्चोकको तातोपानी बिहीबारबाट खुलेको छ ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


