काठमाडौं, १२ माघ । भारतले कडा सुरक्षाकाबीच बिहीबार ६३औ गणतन्त्र दिवस मनाइरहेको छ । नक्सलबादीले गणतन्त्र दिवस बहिष्कार गर्ने घोषणा गरेका कारण कुनै अप्रिय घटना हुन नदिन राजधानी नयाँदिल्ली लगायत मुलुकभर सुरक्षाब्यबस्था कडा पारिएको छ ।
काठमाडौं, १२ माघ । सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी (क्यान इन्फोटेक) को १८ औ सस्करण बिहीबार देखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुदैछ । प्रर्दशनीको बिहीबार प्रधानमन्त्री डा बाबुराम भटराईले उदघाटन गर्नु हुने कार्यक्रम रहेको छ ।
काठमाडौं, १२ माघ । श्रीमती हत्याको अभियोगमा पक्राउ परेका सशस्त्र प्रहरीका डीआईजी रञ्जन कोइरालाको बयान बिहीबारदेखि लिइने भएको छ ।
काठमाडौं, १२ माघ । एकीकृत नेकपा माओवादी पार्टी पदाधिकारी बैठकले द्वन्द्वकालमा तत्कालीन जनसरकारले गरेको निर्णयप्रति पुनर्विचार नगर्ने निर्णय गरेको छ ।
काठमाडौं, १२ माघ । पछिल्लो समय अबरुद्ध बनेको शान्ति र सबिधान निमार्णका कार्यलाई गतिदिन बसेको प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक विना निष्कर्ष सकिएको छ । माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नयाँ निवास लाजिम्पाटमा बिहीबार बिहान बसेको बैठकमा सबै दलहरु आ-आफ्नो अडानमा यथावत रहेपछि बैठक निष्कर्षबिहीन बनेको हो ।
काठमाण्डौ ११ माघ : केहि समय अगाडी मुम्बई पुगेकी अभिनेत्री मनिषा कोईरालाले यस्तो रामलिला देखाईन् कि सुन्दा पनि लाज लागेर आउँछ । यसअघि पनि दिल खोलेर मदिरा सेवन गर्ने मनिषाले गत साता आफ्नै पूर्व प्रेमी प्रशान्त चौधरीले खोलेको रेष्टुरेन्टको उदघाटन समारोहमा यसरी रक्सी सेवन गरिन कि गाडीमा पनि चढ्न नसकेर उनलाई कसैको साहारा लिनु परेको थियो ।
काठमाडौं, ११ माघ । पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धि फिर्ताको माग गर्दै विभिन्न दलनिकट १३ विद्यार्थी संगठन र ९ वटा युवा संगठनले संयुक्त रुपमा बुधबार आव्हान गरेको बन्दका कारण उपत्यकाको जनजीवन बिहानै देखि प्रभावित बनेको छ । बन्दको प्रभाव राजधानी काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा पूर्ण रुपमा परेको छ ।
काठमाडौं, ११ माघ । बुधबार साँझ बस्ने भनिएको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक स्थगीत भएको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा साँझ बस्ने भनिएको बैठक बिहीबार बिहान ८ बजेका लागि सारिएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
काठमाडौं, ११ माघ । जिम्मेवारी नदिएको भन्दै पटक/पटक राजीनामा दिने बताउँदै आउँनु भएका विनाविभागिय मन्त्री राजलाल यादवको राजीनामा अझै एकदिन पछि धकेलिएको छ ।
काठमाडौं, ११ माघ । पपुवा न्यु गिनीको पहाडी क्षेत्रमा पहिरो जाँदा कम्तिमा पनि ४० जनाको मृत्यु भएको छ । भुस्खलनका कारण त्यहाँका दुई गाउँ पुर्ण रुपमा प्रभावित बनेका छन् ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


