काठमाडौं १ पुस । बिगत केहि दिनयता तराईका बिभिन्न जिल्लामा चलेको शीतरहर तथा पहाडी भेगमा भएका हिमपातका कारण त्यस क्षेत्रको जनजिबन प्रभाबित बन्न पुगेको छ । बिगत सात दिन देखि तराईमा घाम देखिएको छैन भने तापक्रम घट्दै गएकाले जनजिबन निकै प्रभाबित बन्न पुगेको हो ।
काठमाडौं १ पुस । सबैधानिक समितीले आज बाट बिबाद समाधान उपसमितीले गरेको सहमतीका बिषयमा छलफल पश्चात निर्णय गर्दै जाने भएके छ । यहि पुष १५ गते भित्र राज्य पुर्नसरचना बाहेक बाँकी सबै बिषयको समाधान गरिसक्ने दलहरु बिच भएको अनुरुप आज बाट निर्णय गर्दै जाने समितीका सभापति निलाम्बर आर्चायले बताउनुु भयो ।
काठमाडौं १ पुस । राज्यपुर्नसंरचना आयोगमा लिम्बुवानको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग सहित आन्दोलनमा उत्रिएको संघिय लिम्बुवान राज्य परिषद् र सरकारबीच आज वार्ता हुंदैछ । आज दिउंसो २ बजे सिंहदरवार स्थित शान्ति तथा पुर्ननिमार्ण मन्त्रालयमा हुने छलफल पुर्व सहमति बमोजिम राज्यपुर्नसंरचना आयोगमा लिम्बुवानको सहभागीता सुनिश्चित गर्ने बिषयमा केन्द्रीत रहनेछ ।
काठमाडौं १ पुस । माओबादी जनसेनाका लडाकुहरुको पुर्नबर्गीकरण सम्पन्न भएपछि सेना समायोजन बिशेष समितिको बैठक पहिलो पटक आज बस्दैछ । हिजो माओबादी जनसेनाका लडाकुहरुको अन्तिम पुर्नबर्गीकरण सकिएपछि समितिको बैठक आज वस्न लागेको हो ।
काठमाडौं, २९ मंसिर । पर्यटन तथा नागरिक उड्ययनमन्त्री लोकेन्द्र विष्टले आफ्नो कार्यकाल भित्रै सरकारले आठ-नौ वटा जहाज खरिद गर्ने दावी गर्नुभएको छ ।
काठमाडौं, २९ मंसिर । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ प्रधानमन्त्री वेन जियावाओको नेपाल भ्रमण कार्यक्रम रद्द नभई भ्रमणको मितिमात्र पर सरेको बताउनुभएको छ ।
दोलखा, २९ मंसिर । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै पार्टीको आन्तरिक विवादका कारण प्रधानमन्त्री बाबुराम भट्टाराईले शान्ति प्रक्रियालाई अघि बढाउन नसकेको टिप्पणी गर्नुभएको छ ।
लाहान, २९ मंसिर । सिरहा सदरमुकाममा बिहीबार एकजनाको घाटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
ताप्लेजुङ, २९ मंसिर । नेपालमा बिहीबार फेरी भुकम्प गएको छ । ताप्लेजुङको कञ्चन्जंघा हिमाल आसपास केन्द्रविन्दु बनाई बिहीबार बिहान २ बजेर ५ मिनेटको समयमा गएको भुकम्प ४ दशमलव ९ रेक्टर स्केल मापन गरिएको भुकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
काठमाडौं, २९ मंसिर । विश्व व्यापार संगठन WTO को आठौं मन्त्रीस्तरीय बैठक बिहीबारबाट स्वीटजरल्याण्डको जेनेभामा सुरु हुँदैछ । सम्मेलनमा भाग लिने क्रममा वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट नेतृत्वको नेपाली टोली जेनेभा पुगिसकेको छ ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


