काठमाडौं, १९ मंसिर । आज आठौं महिला स्वास्थ स्वयसेबिका दिबस, महिला स्वास्थ स्वयसेबिकाको सेवा, स्वस्थ समाजको लागी टेवा भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरि यो दिवस मनाइँदैछ ।
काठमाडौं, १९ मंसिर । नेपाल र भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समितिको बैठक सोमबारदेखि भारतको राजधानी नयाँदिल्लीमा सुरु हुँदैछ ।
काठमाण्डौ,१९ मंसिर । आज स्वर साम्राट नारायण गोपालको २१ औं स्मृत्ति दिवस गितसंगित सम्बद्ध संघसंस्थाले बिभिन्न कार्यक्रम गरी उहांको सम्झना गरी मनाउँदैछन् ।
काठमाडौ १८ मंसिर । भारतमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले रोमाञ्चक जित दर्ता गरेको छ । दिल्लीको जवाहरलालको रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक खेलको अतिरिक्त समयमा सागर थापाको दर्शनिय गोलमा नेपालले बंगलादेशलाई १-० ले हराएको छ।
हेटौंडा, १८ मंसिर । त्रिभूवन राजपथ अन्तर्गत मकवानपुरको भैंसे ४ चुनियाँमा आइतबार बिहान भएको जप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य सातजना घाइते भएका छन् ।
काठमाडौं, १८ मंसिर । सिरियामा भएको पछिल्लो हिसात्मक झडपमा २३ जनाको मृत्यु छ । राष्ट्रपति बशर अल असदका समर्थक सेना र बिपक्षी प्रर्दशनकारीबीच भएको झडपमा यो हताहती भएको हो ।
काठमाडौं, १८ मंसिर । संविधानसभा संवैधानिक समितिले विवाद समाधान उपसमितिले तयार गरेको संविधान लेखन कार्यतालिकामा सामान्य संशोधन सहित अनुमोदन गरेको छ । संविधानसभा सचिवालय सिंहदरवारमा आइतबार बिहान बसेको संवैधानिक समिति बैठकले उपसमितिले तयार तरेको कार्यतालिका सामान्य परिमार्जन सहित पारित गरेको सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो ।
काठमाडौं, १८ मंसिर । ललितपुरको पुल्चोकस्थित एक सुन पसलमा कार्यरत कर्मचारीको हत्याको बिरोधमा नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार उपत्यकाका सम्पूर्ण सुनचाँदी पसल हरु बन्द गराएको छ ।
बिर्तामोड, १८ मंसिर । जंगली हात्तीको आक्रमणबाट झापामा आइतबार बिहान दुई जनाको मृत्यु भएको छ । भारतबाट आएको हात्तीको एक समूहको आक्रमणमा परी बुधबारे ९ की श्रीमाया लिम्बु र खुदुनावारी ५ की सावित्री ओझाको मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
काठमाडौं, १८ मंसिर । भारतीय सिने क्षेत्रका सदाबहार अभिनेता एंवम् निर्देशक देवानन्दको आइतबार बिहान निधन भएको छ । ८८ बर्षिय आनन्दको लण्डनमा उपचारका क्रममा निधन भएको हो । उहाँको स्वास्थ केही दिन देखि बिग्रिएको थियो ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


