काठमाडौं, ११ मंसिर । नेपाल र भारतबीच दोहोरो कर नलाग्नेसम्बन्धी सम्झौता डिटीएएमामा आइतबार हस्ताक्षर भएको छ । सम्झौतामा अर्थमन्त्री वर्षमान पुन र उहाँका भारतीय समकक्षी प्रणव मुखर्जीले हस्ताक्षर गर्नुभएको छ । हस्ताक्षरका लागि भारतीय अर्थमन्त्री मुखर्जी आइतबार बिहान ११ बजे काठमाडौं आइपुग्नु भएको हो ।
काठमाडौं, ११ मंसिर । प्रमुख राजनीतिक दलहरुले संविधानसभाको थपिने म्याद भित्र काम सक्ने गरी क्यालेण्डर बनाएपछि मात्र म्याद थप्ने सहमति गरेका छन् । सिंहदरबारस्थित शान्ति तथा पुर्ननिर्माण मन्त्रालयमा आइतबार बिहान बसेको प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको संयुक्त बैठकले संविधानसभाको म्याद थप गर्ने विषयमा अध्ययन गर्न ४ सदस्यीय कार्यदल समेत गठन गरेको छ ।
इटहरी, ११ मंसिर । इस्लामी संघका महासचिव फैजान अहमदको हत्यामा संलग्नलाई कारबाही नगरिएको भन्दै फैजान संघर्ष समितिले आइतबार तराईका अधिकांश जिल्लामा बन्द आव्हान गरेका छन् ।
कैलाली, ११ मंसिर । कैलालीको जानकीनगर ४ खरौलीमा शनिबार राती करिब १२/१५ जनाको समूहमा रहेका लुटेराहरुको समूहले तीन घरमा लुटपाट गरेको छ ।
काठमाडौं, ११ मंसिर । सैनिक जाँचस्थलमा भएको आक्रमणपछि आक्रोशित पाकिस्तानले अमेरिका र नेटोसँगको सहकार्यको बारेमा समीक्षा गर्ने भएको छ ।
काठमाडौं, ११ मंसिर । यमनमा सन २०१२ को फेब्रुअरीमा राष्ट्रपति पदको निर्वाचन हुने भएको छ । यसअघि सन् २०१३ मा गरिने कार्यक्रम तय गरिएको थियो ।
काठमाडौं, ११ मंसिर । इंगलिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिबार राती सम्पन्न खेलमा टोटेनह्याम र चेल्सी विजयी भएका छन् भने म्यान्चेष्टर युनाइटेड र न्युक्यासल युनाइटेड तथा आर्सनल र फूलह्यामले बराबरी खेलेका छन् ।
काठमाण्डौ,११,मंसिर । सर्वोच्च अदालतको फैसला अनुरुप नै दलहरुले संविधानसभाको कार्यकाल ‘अन्तिम समय’कालागि छ महिना थपगर्ने भएका छन् । आइतबार साढे ४ बजे बस्ने व्यबस्थापिका संसदको बैठकले संविधानसभाको कार्यकाल लम्बउने प्रयोजनकालागि संसदमा दर्ता गराइएको अन्तरिम संविधान एघारौ संशोधन विधेयक पारित गरी कार्यकाल बढाउन लागिएको हो ।
काठमाण्डौ,११,मंसिर । नेपाल र भारतबीच दोहोरो कर नलाग्नेसम्बन्धी सम्झौता डिटीएमा आइतबार हस्ताक्षर हुँदैछ । सम्झौतामा अर्थमन्त्री वर्षमान पुन र उहाँका भारतिय समकक्षी प्रणव मुखर्जीले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । यसका लागि भारतीय अर्थमन्त्री प्रणव मुखर्जी आज बिहान काठमाडौं आइ पुग्दै हुनुहुन्छ ।
काठमाडौं, ११ मंसिर । नवगठित राज्यपुर्नसंरचना आयोगको पहिलो बैठक आइतबार बस्दैछ । ललितपुरको नेपाल प्रशासनिक प्रतिष्ठान स्टाफ कलेजमा अपरान्ह ३ बजे बैठक बस्ने तयारी भइरहेको आयोगका सदस्य मल्ल के सुन्दरले जानकारी दिनुभयो ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


