दाङ, २० कार्तिक । दाङको लमही अर्नवामा आइतबार बिहान भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने अन्य ७ जना गम्भिर घाइते भएका छन् ।
काठमाडौं, १९ कार्तिक । माल्दिभ्समा जारी पहिलो सार्क अण्डर २५ ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग ७३ रनले पराजित भएको छ । पराजयसँगै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ ।
चितवन, १९ कार्तिक । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चितवनको फिस्लिङमा केहीदिन अघि चुडिएको लठेपुलको निरीक्षण गर्नु भएको छ ।
काठमाडौं, १९ कार्तिक । एकीकृत नेकपा माओबादीले द्धन्द्धकालमा कब्जा गरिएका घर जग्गा तथा सम्पती सम्बन्धीत ब्यक्तिलाई फिर्ता गर्न शनिबार आन्तरिक सर्कुलर जारी गर्ने भएको छ ।
काठमाडौं, १९ कार्तिक । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबारदेखी सुरुहुने आफ्नो अमेरिका भ्रमण लुम्बिनीको विकासका अतिरिक्त शान्ति प्रक्रियामा अन्तराष्ट्रिय समर्थन जुटाउनमा समेत केन्द्रीत रहने बताउँनु भएको छ ।
काठमाडौं, १९ कार्तिक । संवैधानिक समितिले राज्यपुर्नसंरचना आयोगको सट्टा विज्ञ समूह गठनगर्ने उपसमितिको निर्णय अनुमोदन गरेको छ । संविधानसभा सचिवालय सिंहदरवारमा शनिबार बिहान बसेको संवैधानिक समितिको बैठकले उपसमितिको प्रस्ताव अनुमोदन गरेको सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो ।
बिर्तामोड, १९ कार्तिक । भन्सार छलेर अवैध ढंगले लगिरहेको अवस्थामा शनिबार बिहान करिब ४ बजे दुईवटा ट्रक प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको छ ।
सप्तरी, १९ कार्तिक । सप्तरीको भारदहमा अस्पताल सञ्चालनको माग गर्दै स्थानीयवासीद्वारा सञ्चालित रिले अनसन शनिबार चौथो दिन पनि जारी रहेको छ ।
पाल्पा, १९ कार्तिक । पाल्पाको तानसेनमा रहेको एकमात्र संस्कृत माध्यमिक विद्यालयमा संस्कृत विषयको पठनपाठन बन्द हुने अवस्थामा पुगेको छ ।
सोलुखुम्बु, १९ कार्तिक । सोलुखुम्बुको लुक्लामा अलपत्र परेका पर्यटकहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट शनिबारदेखि राजधानी ल्याइने भएको छ ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


