काठमाडौं, १७ कार्तिक । माल्दिम्सको राजधानी मालेमा आगामी साता हुने १७ औ सार्क शिखर सम्मेलनमा नेपालको तर्फबाट प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा ११ सदस्यीय नेपाली टोली सहभागी हुने भएको छ । मन्त्रीपरिषदको बिहीबार बिहान बसेको बैठकले सम्मेलनमा सहभागी हुन जाने सदस्यको टुंगो लगाएको हो ।
काठमाडौ, १६ कात्तिक । राजधानीमा हिजो देखि अचानक बढेको जाडो अझै केहि दिन सम्म रहने मौसमबिदहरुले अनुमान गरेका छन ।
काठमाडौं, १७ कार्तिक । सरकारले बिहीबारदेखि लागु हुने गरी सार्वजनिक यात्रुबहाक सवारी साधनको भाडा ९ दशमलव ९ प्रतिशतले बढाएको छ । इन्धनको मूल्य, पाटपुर्जाको भाउ र जनशक्ति खर्च बढेको भन्दै सरकारले बुधबार नयाँ भाडादर निर्धारण गरेको हो ।
काठमाडौ, १६ कात्तिक । चरम आन्तरिक बिबादमा फसेको एकिकृत नेकपा माओबादीको केन्द्रिय समितिको बैठक लामो समय पछि आज बाट राजधानीमा सुरु हुदैछ । पार्टी केन्द्रिय कार्यालय कोटेश्वरमा अपरान्ह दुई बजे पछि बोलाइएको बैठकमा शान्ति प्रक्रिया सँग जोडिएका बिषय र पार्टी भित्रको आन्तरिक बिबादका बारेमा छलफल हुने बताइएको छ ।
दमक, १६ कार्तिक । इलामको चुलाचुली, बाँझो र महमाईका बासिन्दाले वर्षौंपछि वर्षात्को समयमा रतुवा र चान्जुखोलाका कारण हुने नाकाबन्दीबाट मुक्ति पाएका छन् ।
काठमाडौं, १६ कार्तिक । एकीकृत नेकपा माओवादीको असन्तुष्ट पक्षका नेता तथा पार्टीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्गलबार गलत सम्झौता गरेर गम्भीर गल्ती गरेको आरोप लगाउँनु भएको छ । साथै उहाँले यसलाई खारेज गरेर नयाँ सम्झौता गर्न पनि अध्यक्षलगायत् अन्य दलका नेतालाई आग्रह समेत गर्नुभयो ।
काठमाडौं, १६ कार्तिक । मंगलबारजबाट माल्दिभ्समा सुरु भएको २५ वर्ष मूनिको साफ ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल फराकिलो अन्तरले पराजित भएको छ ।
काठमाडौं, १६ कार्तिक । गत बर्ष ईङल्यान्डसँग लर्डसमा भएको टेस्टमा स्पट फिक्सिङको आरोप लागेका तीन मध्ये दुई पाकिस्तानी क्रिकेटरलाई लन्डनको अदालतको दोषी सावित गरेको छ ।
काठमाडौं, १६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघले प्रमुख दलहरुबीच मंगलबार भएको ऐतिहासिक सहमतिको स्वागत गरेको छ ।
काठमाडौं, १६ कार्तिक । प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रमुख तीन दल र मधेशी मोर्चाबीच मंगलबार भएको सहमतिले जारी राजनीतिक गत्यावरोधको अन्त्य गरेको बताउँनु भएको छ । साथै उहाँले आफू नेतृत्वको वर्तमान सरकारलेनै शान्ति प्रक्रिया टुंगो लगाई संविधान जारी गर्ने दाबी समेत गर्नुभयो ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


