काठमाडौं, ५ असोज । म्यान्चेष्टर सिटी, लिभरपुल र चेल्सि कार्लिङ कप फुटबलको चौथो चरणमा प्रबेश गरेका छन् ।
काठमाडौं ५, असोज । संयुक्त राष्ट्रसंघको ६६औं महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा रहनु भएका प्रधानमन्त्री डा. बाबुराम भट्राईले विभिन्न देशका नेताहरुसंगको भेटवार्तालाई जारी राख्नु भएको छ । यसक्रममा नेपाली समय अनुसार बुधबार राती उहाँले संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनसँग भेटवार्ता गर्नु भएको छ ।
काठमाडौं ५, असोज । दसैँको चहलपहल बढेको समयमा यातायात बन्द भएपछि पश्चिम म्याग्दीका अधिकांश गाविसका सर्वसाधरण मर्कामा परेका छन् ।
काठमाडौं ५, असोज । राजधानीमा बिहीबारबाट पहिलो माउन्ट एभरेष्ट अन्तर्राट्रिय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता शुरु हुँदैछ ।
काठमाडौं ५, असोज । हिउँदमा समेत लोडसेडिङ नहुने भनिएको नुवाकोटमा प्रत्येक १५÷१५ मिनेटको फरकमा विद्युत् अवरुद्ध हुदै आएपछि सर्वसाधारण हैरान भएका छन् ।
काठमाडौं ५, असोज । नेपाल र भारत बिचको सहसचिब स्तरिय दुई दिने सुरक्षा सम्मेलन बिहीबार देखि राजधानीमा सुरु हुदैछ । भोली सम्म चल्ने यस सम्मेलनमा दुई मुलक बिच हुने सिमा अपराधका बिषयमा मुख्य रुपमा छलफल हुने भएको छ ।
काठमाडौं ५, असोज । भातृ संस्था विघटन गर्ने संस्थापन पक्षको निर्णयपछि आक्रोशित बनेको कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले अब कसरी अघि बढ्ने भन्ने विषयमा बिहीबार आन्तरिक छलफल गर्दैछ । दिउँसो २ बजे बुढानिलकण्ठस्थित देउवा निवासमा बस्ने बैठकमा देउवापक्षीय केन्द्रीय सदस्य र सभासद्हरुलाई बोलाइएकोे छ ।
काठमाडौं, ४ असोज । सरकारले इशाई, मुसलमान, किराँत तथा अन्य समुदायका मृतकका लागि अन्त्येष्टिस्थलको स्थायी व्यवस्थाका लागि समिति गठनको तयारी गरेको छ ।
काठमाडौं, ४ असोज । अफगानिस्तानका पूर्व राष्ट्रपति तथा अफगान उच्च शान्ति परिषद्का अध्यक्ष बुराहनुद्दीन रब्बानीको हत्या भएको अधिकारीहरुले बताएका छन् । रब्बानीको काबुलस्थित घरमा बम आक्रमण भएको बताइएको छ ।
काठमाडौं, ४ असोज । वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले देशमा समस्यामा परी स्वदेश फर्केका महिला कामदारलाई तीन महिनाका लागि सुरक्षित गृहको व्यवस्था गर्ने भएको छ ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


