काठमाडौं ४, असोज । संयुक्त राष्ट्रसंघको ६६औं महासभामा सहभागी हुन १३ सदस्यीय टोलीको नेतृत्व गर्दै न्युयोर्क पुग्नु भएका प्रधानमन्त्री डा. बाबुराम भट्राईले गएराती विभिन्न देशका नेताहरुसंग भेटवार्ता गर्नु भएको छ । यसक्रममा गएराती उहाँले बोलिभियाका राष्ट्रपति ईभो मोरालेससंग भेटवार्ता गर्नुभएको छ ।
काठमाडौं ४, असोज । तोफोड भएका आफ्ना समितिका सवारी साधनको उचित क्षतीपूर्तिको माग गर्दै कर्णाली रिभर यातायातले आव्हान गरेको बन्दका कारण सुदुरपश्चिमको जनजीवन प्रभावित भएको छ ।
काठमाडौं ४, असोज । भुकम्पपछि सडक माथिबाट खसेको पहिरोका कारण अवरुद्ध कोशी राजमार्ग अझै सुचारु हुन सकेको छैन ।
काठमाडौं ४, असोज । भातृसंस्था विघटनको विरोधमा अनशन बस्दै आएका नेपाली कांग्रेसका तीन भातृसंस्थाले केन्द्रीय समितिको निर्णय पछि पनि आमरण अनशनलाई जारी राख्ने भएका छन् । अनशनमा बसेका भातृसंस्थाका नेताहरुले केन्द्रीय समितिको हिजोको निर्णय नसच्याएसम्म अनशन जारी रहने बताएका छन् ।
काठमाडौं ४, असोज । आज अन्तर्राष्ट्रिय शान्ति दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ । संयक्त राष्ट्रसङ्घले प्रत्येक वर्ष सेप्टेम्बर २१ तारेखलाई शान्ति दिवसका रूपमा मनाउँदै आएको छ । नेपालले यसवर्षको शान्ति दिवसको नारा शान्ति र संविधान हाम्रो अभियान राखेको छ ।
पोखरा, ३ असोज । उपराष्ट्रपति परमानन्द झाले दिगो शान्ति नै मुलुकको पहिलो आवश्यकता भएकाले त्यसमा नै सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउँनु भएको छ ।
काठमाडौं, ३ असोज । यमनमा जारी सरकार विरोधी पछिल्लो प्रर्दशनका क्रममा राजधानी सनामा ५० जनाको मृत्यु भएको छ ।
काठमाडौं, ३ असोज । मूलुकका विभिन्न भागमा मंगलबार बिहान भएका सवारी दुर्घटनामा ३५ जना घाइते भएका छन् ।
नेपालगञ्ज, ३ असोज । हत्या, चन्दा आतङ्क, अपहरणलगायत थुप्रै अपराधमा संलग्न रहँदै आएको संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका प्रमुख सुरज सिंह भत्रे जाकिरहुसेन जोलाहालाई प्रहरीले पक्राउ गरेको छ ।
नुवाकोट, ३ असोज । चेलीबेटी बेचबिखनमा संलग्न दुईसहित नुवाकोट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
- Recent
- Popular
- Comment
संविधानसभाको चुनाव होला ?
-
क्यालिफोर्निया । एप्पलले बजारमा ल्याउने भनेको आइवाच वर्ष २०१३ को सुरुदेखी नै चर्चामा रहेको ग्याजेट हो । एप्पलको आइवाचले गुगलको चश्माले भन्दा धेरै मिडियामा चर्चा र स्थान पाइरहेको छ । यतिखेर एप्पलको मुख्यालय क्यालिफोनिर्यामा एकसय भन्दा बढी इन्जिनियर यसको विकासमा व्यस्त रहेको समाचारहरु आइरहेको समयमा एक अमेरिकी म्यागेजिन म्याकयुजरले एप्पलले दिएको पेटेन्ट निवेदनका आधारमा आइवाचको डिजाइन र यसले कसरी काम गर्छ भन्ने पत्ता लगाएको छ ।
-
जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए ।
-
काठमाडौं, ३ चैत । बाह्रौँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन काठमाडौंमा जारी छ । नेपाल हिन्दी प्रतिष्ठानद्वारा प्रज्ञाभवनमा शुनिवारबाट आयोजना गरिएको सम्मेलनमा हिन्दी भाषा, साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ हिन्दी साहित्यकारद्वय रामस्वार्थ ठाकुर र डा.शिवशङ्कर यादवलाई जनही नगद रु २५ हजार २५, जानकी मन्दिरको चाँदीको प्रतिमा तथा दोसल्लासहित राजर्षि जनक प्रतिभा पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।


